nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 7th May, 2024
वि.स.
1000043965-1707579226.jpg

सहयोगीको अध्यक्षमा पुनः प्रधान निर्वाचित

थाहा नगरपालिकाको वडा नं. १ मा रहेको सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. को अध्यक्षमा पुनः अञ्जल प्रधान निर्वाचित भएका छन् । १५ मंसिरमा भएको ११ औं वार्षिक साधारणसभाको निर्वाचन कार्यक्रममा प्रधानलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । 

सहकारीको उपाध्यक्षमा विष्णुहरि लामिछाने, सचिवमा धर्मलाल प्रधान, कोषाध्यक्ष राजमान श्रेष्ठ निर्विरोध निर्वाचित भएकाछन् । त्यस्तै सदस्यहरुमा प्रदिप प्रधान, प्रविण प्रधान, सुन्दर प्रधान, सुरेन्द्र प्रधान र कर्मत्रान अमात्य सर्वसम्मत निर्वाचित भएका हुन् । सहकारीको लेखा सुपरिवेक्षण समितिको संयोजकमा गणेशमान श्रेष्ठ तथा सदस्यहरुमा विश्वमान श्रेष्ठ र सुकदेव विडारी सर्वसम्मत निर्वाचित भएका हुन् । निर्वाचित पदाअधिकारीको पदाअवधि ४ वर्षको हुनेछ ।

सहयोगीको साधारणसभा गत १३ असोजमा भएको थियो भने निर्वाचनको कार्यक्रम १५ मंसिरमा भएको हो । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)