nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सहकारीकर्मीबाट महिला हिंसा विरुद्ध लाग्ने प्रतिबद्धता

महिला हिंसा विरुद्घको १६ दिने अभियानका अवसरमा मकवानपुरमा महिला हिंसा विरुद्घ लागिपर्ने प्रतिबद्घता व्यक्त गरिएको छ । मकवानपुरको हेटौंडामा बाल कल्याण समाज मकवानपुरले मेन इङ्गेज एलाइन्स नेपालसंगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले प्रतिबद्घता व्यक्त गरेका हुन् । 

मकवानपुरको बकैया गाउँपालिकाका विभिन्न सहकारीका सदस्य, महिला अधिकारकर्मी लगायतले महिला हिंसा विरुद्घ अभियानमा लागिपर्ने र अरुलाई पनि अभियानमा लगाउने प्रतिबद्घता व्यक्त गरे ।  

बकैया गाउँपालिकाको धियालस्थित सबल कृषि महिला सहकारी संस्था, शिखरपुरस्थित हरियाली बचत तथा ऋण सहकारी संस्था, छतिवनस्थित सहयात्री बचत तथा ऋण सहकारी संस्था, ठिङ्गनस्थित आदर्श महिला बचत तथा ऋण सहकारी संस्था र मन्थलीस्थित सौभाग्य बचत तथा ऋण सहकारी संस्थाका सदस्यले प्रतिबद्घता जनाएका हुन् । बकैयाका सहकारी सदस्यसंगै जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकी सचिव एवम् सहकारीकर्मी कल्पना श्रेष्ठ, मेन इङ्गेन्ज एलाइन्सका केन्द्रिय सदस्य तथा बाल कल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाले पनि ‘लैङ्गिक हिंसा र दुव्र्यवहार ः छैन हामीलाई स्वीकार’ लेखिएको व्यानरमा हस्ताक्षर गरेर महिला हिंसा विरुद्घ अभियानमा लागिपर्ने प्रतिबद्घता जनाए । 

कार्यक्रममा आदर्श महिला बचत तथा ऋण सहकारी संस्था बकैया १० मन्थलीकी भीमकुमारी पुलामीले समाजमा श्रीमान्ले दोस्रो विवाह गरी हिड्ने समस्या भइरहेको बताउँदै महिला हिंसा विरुद्घको अभियान चलिरहँदा गाउँघका यस्ता हिंसाका विषयमा सरोकारवालाको ध्यान जानुपर्ने बताइन् । बकैया २, धियालस्थित सबल महिला कृषि सहकारी संस्थाकी जीमाकुमारी जिम्बा महिलामाथि हिंसा भइरहँदा महिला नै चुप लाग्ने गरेको पाइएको पनि बताइन् । 


 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)