nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

सरस्वती मावि आग्रमा अब प्रविधियुक्त शिक्षा

1111-1537177155.jpg

थाहा नगरपालिकाका प्रमूख लवशेर विष्टले वर्तमान युग प्रविधिको युग भएकाले प्रविधियुक्त शिक्षा प्रदान गरे मात्र युग अनुकुल शैक्षिक जनशक्ती उत्पादन हुने बताएका छन् । थाहा नगरपालिका ७ स्थित आग्राको देउखेलमा रहेको        सरस्वती माविमा ३० भदौमा आयोजित दाता सम्मान तथा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा प्रमूख अथितीको आसनबाट बोल्दै नगर प्रमूख विष्टले थाहा नगरको शैक्षिक जनशक्ती उत्पादनमा सरस्वती मावीको उल्लेखनिय भुमिका    रहेको भन्दै सिमित स्रोत र साधनका बाबजुतपनि यस विद्यालयका व्यवस्थापन समिति शिक्षक कर्मचारी र अविभावकहरुले विद्यालयमा गरेको मेहनत प्रशंसायोग्य    रहेको भन्दै आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिई यस विद्यालयलाई अब्बल सावित गर्न आग्रह गरे ।
   थाहा नगरको नगर शिक्षा समिति संयोजक समेत रहेका विष्टले विद्यार्थी अनुसार शिक्षक दरबन्दी मिलान        गरि सरस्वती मावीलाई गुणस्तरयुक्त शैक्षिक केन्द्र बनाउन आफुले सक्दो सहयोग गर्ने बताए । कार्याक्रममा       सरस्वती मावि शैक्षिक गुणस्तर अभिवृद्धी कार्यक्रम अन्तर्गत विद्यालयका पूर्व विद्यार्थीहरुले विद्यालयमा युग अनुकुल शिक्षा प्रदान गर्न अभियान संचालन     गरि २० थान कम्प्यूटर विद्यालयलाई हस्तान्तरण गरेका थिए । विद्यालयमा विद्यालयका ५ र हाल हस्तान्तरण       गरिएका २० गरि २५ थान कम्प्यूटर भएका छन् । २५ थान कम्प्यूटरबाट अब नियमित विद्यालयमा कम्प्यूटर शिक्षा प्रदान गरिने विद्यालयका प्रअ राजेद्र थापाले बताए । थापाले विद्यालयमा वि.सं. २०१७ सालमा स्थापना भएको विद्यालयमा मावि संचालन भए पनि हाल सम्म पनि शिक्षक दरबन्दी पूरा हुन नसकेको दुखेसो व्यक्त गर्दै विद्यालयमा हाल प्रावि ५, निमावि, १, मावि १, लेखापाल १, बाल  िवकास सहयोगी १ र पियन एक मध्ये ९ जना      सरकारी र बाँकी निजी स्रोतबाट शिक्षक राख्नुपरेकोले स्थानीय स्थरबाट संकलित स्रोत शिक्षक तलबमा खर्चनु परेको     बताए । सोही कार्यक्रममा मेयर विष्टले कम्प्यूटर ल्याबको उद्घाटन गर्दै विद्यार्थीलाई गराईने सिकाई विधि बारे जानकारी लिएका थिए । अब विद्यालयले नियमित रुपमा विद्यार्थीहरुलाई कम्प्युटर कक्षा संचालन गर्नुका साथै युग अनुकुल शैक्षिक जनशक्ती उत्पादन गर्न प्रविधी युक्त शिक्षा प्रदान गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बबहादुर लोले बताए । कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  लो तथा प्रअ थापाले विद्यालयमा कम्प्युटर सिकाउने दक्ष शिक्षकको व्यवस्था गरिदिन       नगरपालिका सँग आग्रह गरे । कार्यक्रममा विद्यालयमा शैशिक सामाग्री संकलन भौतिक संरचना निर्माण तथा शिक्षक       कर्मचारीकोलागि तलव खुवाउन चन्दा संकलन अभियानमा सहयोग गर्ने १६५ दातालाई नगर प्रमूख विष्टले सम्मान पत्र प्रदान गर्नुका साथै टिका खादाले सम्मान गरेका थिए । कार्यक्रममा शैक्षिक गुणस्तर अभियानका संयोजक तथा विद्यालयका पुर्व विद्यार्थी रघुनाँथ बजगाँईले आफु अध्ययन गरेको विद्यालयलाई  प्रविधियुक्त शिक्षा प्रदान गर्न  कम्युटर हस्तान्तरण गर्न पाँउदा खुसी व्यक्त गर्दै सहयोगको सदुपयोग गर्न आग्रह गरे । अभियानका क्रममा सहयोग गर्ने सवैलाई धन्यबाद दिदै बजगाँईले यस अभियानलाई निरन्तरता दिने बताए । कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थीहरु जयराम खत्री, दिनेश कार्की र सुजन खत्रीले ६० थान विद्यालय पोशाक सहयोग स्वरुप     हस्तान्तरण गरेका थिए । 
   विद्यालयका जेहन्दार अर्थिक विपन्न विद्यार्थीहरुकालागि पोशाक हस्तान्तरण गरिएको अभियान्ताले बताए । विद्यालयका शिक्षक कर्मचारी अविभावक विद्यार्थीहरु सहित सम्दिित कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने तथा शैक्षिक सामाग्री     हस्तान्तरण गर्ने दाताहरुको उपस्थितीमा भएको काक्रममा नेपाल कम्यूनिष्ट पार्टीका प्रस्तावित मकवानपुर सचिब विष्णु विष्ट आदर्श लगाएत स्थानिय नेता कार्यकर्ता छिमेकी विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रअ, संघ संस्थाका प्रतिनिधी तथा संचारकर्मीको उपस्थिती थियो । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)