Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

संसद विघटनविरुद्ध १३ गते देशभर प्रदर्शन गर्न देउवाको अपिल

deuba-1608975054.jpg

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यहीँ पुस १३ गते प्रतिनिधिसभा विघटविरुद्ध देशैभर प्रदर्शन गर्न अपिल गरेका छन् ।

शिनबार अपिल जारी गर्दै सभापति देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार देशभका १६५ वटै निर्वाचन क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध प्रदर्शन गर्न आह्वान गरेका दिएका हुन् ।

प्रतिनिधिसभा विघटनको घटनाका पार्टीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेकोले त्यसविरुद्धको आन्दोलनमा सहभागिताका लागि सभापति देउवाले सबैलाई आग्रह गरेका छन् ।

उनले संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्णरुपले एकमतका साथ उभिएको समेत प्रष्ट्याएका छन् । पार्टी निर्णअनुसार कांग्रेसको ध्यान प्रदर्शनमा रहेको देउवाले बताएका छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०