nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

संसदीय समितिका सभापतिहरूकाे सबै सेवा सुविधा राेकियाे: सुविधाका गाडी अझै फिर्ता भएनन्

Sachiwalaya-1612147841.jpg

गत पुस ५ गते प्रतिनिधि सभा विघटन भएसँगै यस अन्‍तर्गतका १० वटा विषयगत समिति पनि स्वतः विघटित भएका छन् । प्रतिनिधि सभा विघटनसँगै सांसद्‍ र विषयगत समितिका सभापतिहरूको सुविधा पनि खोसिएको छ । तर, सचिवालयले उपलब्‍ध गराएको सवारी साधन भने सभापतिहरूले अझैँ फिर्ता गरेका छैनन् । 

प्रतिनिधिसभा विघटन गरेको आइतबार ४२ दिन पुगेको छ । प्रतिनिधिसभा विघटनसँगै प्रतिनिधिसभाका सदस्य (सांसद) हरूको सांसद्‍का हैसियतले सरकारले उपलब्ध गराउदै आएका सेवा सुविधा पनि खोसिएका छन् । तर १० वटा विषयगत समितिका सभापति मध्ये ९ जना सभापतिहरूले अझै पनि सरकारले उपलब्ध गराएको सवारी साधन प्रयोग गरिरहेका छन् ।

समितिका सभापतिहरूमा उद्योग समितिको सभापति राष्ट्रिय जनता पार्टीले , लेखा समितिको सभापति नेपाली कांग्रेसले पाएको थियो । बाँकी ८ वटा समितिका सभापति सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले लिएको थियो । पार्टी भित्रको आन्तरिक किचलोमा २ समूहमा विभाजित भएका सत्तारुढ दलका कसैले पनि गाडी फिर्ता गरेका छैनन् ।

अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल, अन्तराष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेल, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिका सभापति बिमल श्रीवास्तव, कानून न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, कृषि सहकारी तथा प्राकृति श्रोत समितिका सभापति पूर्ण कुमारी सुवेदी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठ, विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्का, शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्ती र सार्वजनिक लेखा समितिका सभापति भरत शाहले संसद विघटनको ४२ दिन पुगिसक्दा पनि सुविधामा पाएको गाडी फिर्ता गरेका छैनन् ।  

संघीय संसद सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले ९ वटा समितिका सभापतिहरुले अझै पनि गाडी सुविधा प्रयोग गरिरहेको जानकारी दिए । महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले भने पुस १० गते नै गाडी फिर्ता गरेको सचिवालयका प्रवक्ता पाण्डेले जानकारी बताए। विघटित सभाका विषयगत समितिका सभापतिको हैसियतले गाडी प्रयोग गर्ने पूर्वसभापतिहरू कोही सरकारविरुद्धको आन्दोलनमासमेत सक्रिय छन् । संघीय संसद सचिवालयले सबै समितिको अलग अलग सचिवालयसहित सभापतिहरूलाई छुटै निजी सचिवालयको सुविधा दिने गर्दछ । 

समितिका सभापतिहरूले राज्यमन्त्री सरहको सुविधा प्राप्त गर्दछन् । अहिले पूर्वसभापतिहरूले नियमित रुपमा सेवा सुविधा नपाए पनि गाडीको दुरुपयोग भने गरिरहेका छन् । दुई वटा चालक, स्वकीय सचिवलगायत पदाधिकारीले पाउने सम्पूर्ण सुविधाहरू पुस ५ गते देखिनै रोकिएको छ । गाडी फिर्ता नगर्ने पूर्वसभापतिहरूले ड्राईभर र तेलको खर्च भने आफै व्यहोरिरहेका छन् । प्रतिनिधिसभा विघटन भएकाले सांसद् वा विषयगत समितिका सभापतिको हैसियतले सचिवालयले उपलब्ध गराएको सुविधा प्रयोग गरिरहेर पूर्वसभापतिहरूले दुरुपयोग गरेको सचिवालयका प्रवक्ता पाण्डेको भनाइ छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)