Tuesday, 16th June, 2026
वि.स.

शिक्षण अस्पतालका थप ४ जना स्वास्थ्यकर्मीमा संक्रमण

teaching-hospital-1597392735.jpg

 महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा थप ४ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार इमर्जेन्सीमा कार्यरत ६ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि उनीहरुको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । त्यसमध्ये ४ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

हाल इमर्जेन्सी विभाग सिल गरिएको छ ।नयाँ संक्रमित स्वास्थ्यकर्मी इमरजेन्सीको नभई अन्य वार्डको रहेको अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले जानकारी दिए । यद्यपि उनीहरु कुन वार्डको भनेर छुट्याउन बाँकी छ।योसँगै त्रिवि शिक्षण अस्पतालमा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या २२ पुगेको छ।

इमरजेन्सी विभागका एक सयचभन्दा बढी स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको छ । उनीहरुको रिपोर्ट शुक्रबार या शनिबारसम्म आउने बताइएको छ । उनीहरु सबै हाल होम क्वारेन्टाइनमा छन् ।इमर्जेन्सी विभागको चिकित्सकहरुको रिपोर्ट आएपछि मात्र इमर्जेन्सी विभाग खुल्नेरनखुल्ने विषयमा निर्णय हुनेछ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०