nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

विश्व अपाङ्ग दिवसको अवसरमा थाहानगरमा दीप प्रज्वलन

apabga-1638458445.jpg

विश्व अपाङ्ग दिवसको अवसरमा थाहा नगरपालिकाको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्ग परिचय वितरण शाखाले दीप प्रज्वलन गरेको छ । 

‘हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिको अधिकार’ भन्ने नारासहित नगरपालिकाले थाहा नगरपालिकाको मुख्य बजार शिखरकोटको कृष्णमन्दिर चोकमा १६ मंसिर साँझ दीप प्रज्वलन गरेको हो । 

विश्व अपाङ्ग दिवस डिसेम्वर ३ को पूर्व सन्ध्यामा नगरपालिकाको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्ग परिचय वितरण शाखाले दीप प्रज्वलन गरेको हो ।

दीप प्रज्वलन कार्यक्रमका प्रमुख अतिथि थाहा नगरपालिका सामाजिक विकास शाखाका उपसंयोजक एवम् थाहा नगरपालिका–५ का वडा अध्यक्ष विष्णुबहादुर गुरुङले दीप प्रज्वलन गरेर थाहानगरमा विश्व अपाङ्ग दिवसको शुरुवात गरेका थिए । 

थाहा नगरपालिकाको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्ग परिचय वितरण शाखाका प्रमुख प्रतिमा मोक्तानले सञ्चालन गरेको कार्यक्रममा नगरपालिकाकाका कर्मचारीहरु, महिला नेतृ कल्पना बलामी, पत्रकार कुमार नेगी, प्रहरी नायव निरीक्षक अच्युतप्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।