nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

विपद व्यवस्थापन योजना तालिम शुरु

सामुदायिक उर्जा तथा पर्यावरण विकास मञ्चले मकवानपुरको थाहामा स्थानीय स्तरको विपद व्यवस्थापन योजना निर्माणसम्बन्धी तीन दिने अभिमुखीकरण कार्यक्रम संचालन गरेको छ । 
चैत ७ गते सोमबारबाट शुरु भएको तालिममा थाहानगरका राजनीतिक दल, वडा नागरिक मञ्च, सामाजिक परिचालक, महिला सञ्जाल, अपाङ्गता संजाल, सुरक्षा निकाय, रेडक्रस लगायत सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको छ । 
सहभागीहरुलाई सामुदायिक उर्जा तथा पर्यावरण विकास मञ्चका अध्यक्ष मणिप्रसाद सुवेदी, कार्यक्रम संयोजक बद्रि पण्डित, थाहा नगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर परियारले सहजीकरण गरिरहेका छन् । 
प्लान नेपालको सहयोगमा भएको तालिम बुधबारसम्म संचालन हुनेछ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)