Monday, 15th June, 2026
वि.स.

विद्युत प्राधिकरणमा सरसफाई तथा वृक्षरोपण

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्र कार्यालय परिसरमा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ‘सहज सेवा स्वच्छ नेविप्रा’ अभियान अन्तर्गत पालुङ ईकाई समितिको सकृयतामा सरसफाई कार्यक्रम गरिएको हो ।  

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन पालुङ ईकाई समितिको ११ माघमा भएको ११ औं ईकाई अधिवेशनको अवसरमा कार्यालय परिसरमा वृक्षरोपण समेत गरिएको छ । सरसफाई अभियानमा कार्यालयका  कर्मचारीहरुको उपस्थिती थियो । 
सरसफाई अभियान प्रत्येक हप्ता नियमित संचालन गरिने  नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनका पालुङ  ईकाई समितिका अध्यक्ष किरण पौडेलले बताए । देशै भर नेपाल विद्युत प्राधिकरणमा अहिले ‘सहज सेवा स्वच्छ नेविप्रा’ अभियान तिब्रता र उत्साहकासाथ कार्यक्रमहरु संचालन भएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०