nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

लौ ! नेकपा सचिवालयका सबै सदस्य संघीय सांसद

cpn-1600388329.jpg

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सबै (नौ जना) सदस्य संघीय संसद सदस्य भएका छन् । उपाध्यक्ष वामदेव गौतमलाई सरकारको सिफारिसमा बिहीबार राष्ट्रपतिले मनोनय गरेसँगै नेकपा सचिवालयका सबै ९ जना सदस्य संघीय संसद बनेका हुन् । 

नेकपाको हेडक्वार्टर मानिने ९ सदस्यीय सचिवालयका सदस्यमध्ये ३ जना राष्ट्रिय सभा र ६ जना प्रतिनिधि सभा सदस्य हुन् । उपाध्यक्ष गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सदस्य रामबहादुर थापा राष्ट्रिय सभा सदस्य हुन् भने अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेल प्रतिनिधि सभाका सदस्य हुन् । 

त्यस्तै वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र नेता ईश्वर पोखरेल पनि प्रतिनिधि सभामा निर्वाचित भएर आएका सदस्य हुन् ।  



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)