nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

लेकाली बसिफाँटको रजत जयन्ती भोलीबाट, गाउँपालिका अध्यक्ष हिदम लामाबाट उत्घाटन हुने
सभ्य र भब्य बनाउने तयारी

फागुनको २८ गते देखि ३० गतेसम्म ३ दिन विविध कार्यक्रमको आयोजना गरि लेकाली बसिफाँटको रजत जयन्ती मनाउने भएको छ । भोली हुने उत्घाटन कार्यक्रमको लागि भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यता रहने जनाइएको छ । साथै जाइटी नेपालका प्रमुख सल्लाहकार भिमलाल गुरुङ, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिनोद कुमार लामा र बिद्यालयका प्रधानाध्यपक एल.एल मण्डलको आतिथ्यता रहने बिद्यालयका प्रधानाध्यपक मण्डलले बताए । 


भिमफेदी गाउँ पालिका ९ स्थित लेकाली बसिफाट माध्यामिक विद्यालयले  आफ्नो स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा विविध कार्यक्रम आयोजना गरी  रजत जयन्ती मनाउन लागेको हो । २०४९ सालमा जाइटी जापानको सहयोगमा स्थापना भएको विद्यालयमा हाल कक्षा १ देखि १० सम्मको पढाइ हुँदै आइरहेको छ । रजत जयन्ती सम्पन्न गर्न विद्यालयले  व्यवस्थापन समितिका अध्यक्ष विनोद लामाको संयोजकत्वमा मुल समारोह सामिति गठन गरि रजत जयन्तीको तयारीमा जुटिरहेको छ । भोली २८ गतेबाट सुरु हुने ३ दिने समारोह कार्यक्रमको लागि सक्रिय रुपमा सभ्य र भब्य  तयारी र ब्यवस्थापनमा लागेको विद्यालयका प्रधानाध्यापक एलएल मण्डलले बताए । साथै २८ गते थाहा नगरपालिकाका नगरप्रमुख लबसेर बिष्ट र ३० गते माननिय सांसद कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहने जनाइएको छ ।
रजत जयन्ती अन्तर्गत बिद्यालयले भोली २८ गते उत्घाटन कार्यक्रम, चुरेहिल अस्पतालको समन्वयमा स्वास्थ्य शिविर, विज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी, पूर्व विद्यार्थी भलिबल प्रतियोगिता, मा.वि.स्तरीय एकल गायन प्रतियोगिता, अन्तर मा.वि हाजिरी जवाफ प्रतियोगिता तथा बाल बिवाह एक, सामाजिक रोग अनेक बिषयक वक्तित्वकला प्रतियोगिता हुने जनाइएको छ । यस्तै २९ गते अभिभावक बीच घैटो फुटाउने प्रतियोगिता, जेटिए प्रशिक्षणात्मक  कार्यक्रम, अन्तर मा.वि खुल्ला कबिता प्रतियोगिता तथा कवि सम्मेलन हुनेछ भने ३० गते ११ बजे मार्चपास प्रदर्शनी, साँस्कृतिक झाँकी प्रदर्शनी लगायत कार्यक्रमको आयोजना गरिने विद्यालयका प्रधानाध्यापक एलएल मण्डलले जानकारी दिए । 


रजत जयन्तीकै अवसरमा विद्यालयको शैक्षिक गुणस्तरका लागि बिभिन्न दिर्घकालीन योजना अन्तर्गत बिद्यालयले गरिब तथा जेहन्दार विद्यार्थी सहयोगार्थ अक्षयकोष स्थापना, कक्षा ११ र १२ सञ्चालन, प्राबिधिक तथा ब्यावसायिक शिक्षा सञ्चालन,  आवासीय विद्यालय सञ्चालन, एक शिक्षक एक ल्यापटप, एक कक्षा एक प्रोजेक्टर सहित ब्यवस्थित श्रव्य–दृश्य कक्षा सञ्चालन जस्ता योजनाहरु अघि सारेको  छ । त्यस्तै, नमुना  विद्यालयको रुपमा विकास गर्दै शैक्षिक अनुसन्धान केन्द्र स्थापना, शौर्य शक्तिको उचित प्रबन्ध, बालमैत्री तथा भयरहित शिक्षण प्रणालीमा जोड, सफा सुग्घर–फूलवारी तथा हरियाली कम्पाउण्ड निर्माण लगायतका योजनाहरु अघि सारिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद लामाले बताए ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।