nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

लायन्स क्लब अफ पिस थाहाको अध्यक्षमा कार्की निर्वाचित

1478-1527394014.png

लायन्स क्लब अफ पिस थाहाको अध्यक्षमा श्रीराम कार्की निर्वाचित भएको छ ।  क्लबको अधिबेशन तथा चुनावबाट शतप्रतिशत भोट प्राप्त गर्दै कार्की अध्यक्ष पदमा निर्वाचित भएको हो ।

यस्तै लायन्स क्लब अफ पिस थाहाको प्रथम उपाध्यक्षमा बिक्रम केसी, द्वितीय उपाध्यक्षमा कृष्ण प्रसाद दाहाल र तृतीय उपाध्यक्षमा राममाया केसी निर्वाचित भएका छन । कार्यक्रमले कोषाध्यक्षको करिब ६ लाख ६२ हजारको आर्थिक प्रतिबेदन अनुमोदन र सचिबको प्रगती प्रतिबेदन पारित गरेको छ । २०१७/१८ को अध्यक्ष सुरेन्द्रमान प्रधानले निर्वाचन आयुक्तको भुमिका निर्वाह गरेका थिए ।

यस्तै लियो क्लब अफ पिस थाहाको अध्यक्षमा गणेश प्रसाद बिष्ट निर्वाचित भएको छ । प्रथम उपाध्यक्षमा अनन्त ढकाल, द्वितीय उपाध्यक्षमा गणेश खत्री र तृतीय उपाध्यक्षमा मनिषा बस्नेत निर्वाचित भएका छन । २०१७/१८ को अध्यक्ष अनित बिष्टले निर्वाचन आयुक्तको भुमिका निर्वाह गरेको अधिबेशनले करिब १ लाख १५ हजारको आर्थिक प्रतिबेदन अनुमोदन गर्नुका साथै सचिबको प्रगती प्रतिबेदन पारित गरेको छ ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।