nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

लगातार पाँच दिनसम्म देखिएन संक्रमण: स्वास्थ्य मन्त्रालय

health-1586431096.jpg

पछिल्लो ५ दिनमा गरिएका सबै नमुना परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस रोगको निदानका लागि परीक्षणको दायरा बढाइएको बताएको छ । मन्त्रालयद्वारा आयोजित नियमित मिडिया ब्रिफिङ कार्यक्रममा प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो ५ दिनमा गरिएका परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।

प्रवक्ताका अनुसार देशभर हालसम्म २ हजार ८ सय ९५ जनाको नमुना परीक्षण भएको छ । जसमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा  २ हजार ३ सय ८२ र उपत्यका बाहिर ५ सय १३ जनाको नमुना परीक्षण भएको छ । आज थप १ सय ९३ जनाको नमुना परीक्षण भइरहेको छ ।अहिले देशभर १ सय १७ जना आइसोलेसनमा रहेका छन् । जसमा काठमाडौंमा १८ र बाहिर ९९ जना छन् । प्रवक्ता देवकोटका अनुसार प्रत्येक प्रदेशमा ५ हजार थान र्यापिड टेस्ट किट पठाइएको छ । कैलाली र कञ्चनपुरबाट प्राप्त भएका ६६ वटा नमुनाको रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए ।

देशभर १० स्थानबाट परीक्षण भइरहेको छ । बी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, जनकपुर प्रादेशिक अस्पताल ,पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ,सुर्खेत प्रादेशिक अस्पताल ,सेती प्रादेशिक अस्पताल धनगढी ,हेटौडा ,भैरहवा र चितवनबाट नमुना परीक्षण भइरहेको छ ।  नेपालमा हालसम्म संक्रमणको पुष्टि भएका आठ जना विदेशबाट फर्किएका र अर्का एक स्थानिय संक्रमण रहेको छ । विदेशबाट आएका कोरोना संक्रमण भेटिएकोमा दुई जना दुबई ,दुई जना भारत, एक फ्रान्स, दुई बेल्जियम र एक चीनबाट आएकामा छन् ।

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)