Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

रेल विभागका कर्मचारीलाई कारबाही गर्ने विप्लव माओवादीको चेतावनी

Prakanda-1599356846.jpg

नेत्रविक्रम चन्द विप्लव समूहले मल आपूर्तिमा ढिलाइ गर्ने, रेल्वे ठेक्का परियोजनाका ठेकेदारमाथि सरकारले तुरुन्तै कारबाही नगरे आफैंले कारबाही गर्ने चेतावनी दिएको छ।  

२० भाद्रमा विज्ञप्ति जारी गरी किसानलाई मल उपलब्ध नगराएर राष्ट्रघात गरेको, काँकडभिट्टा-इनरुवा रेल्वे ठेक्कामा अर्बौं चलखेल रहेको भन्दै उसले सरकारले तुरुन्तै कारबाही नगरे आफ्नो पार्टीले गर्ने चेतावनी दिएको हो।

पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले विज्ञप्ति जारी गरी ठेकेदारहरूको नाम पनि सार्वजनिक गरेका छन्। यो कारबाही सूचीमा रेल्वे विभागका महानिर्देशक बलराम मिश्र, शैलुङ कन्स्ट्रक्सन कम्पनीका सञ्चालक शारदाप्रसाद अधिकारी, होविको मल्टिमलका हुमनाथ कोइरालाललगायत छन्।

 

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०