nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

रुपचन्द्र विष्टको जन्मजयन्तीमा विकास घरमा कार्यक्रम

थाहा संचार अभियानको आयोजनामा थाहा दर्शनका साथै जनमुखी राजनीतीका प्रतिपादक स्वर्गिय रुपचन्द्र बिष्टको ८४ औ जन्म जयन्ती उपलक्ष्यमा एक कार्यक्रम सम्पन्न भएको छ ।

विष्टको जन्मथलो मकवानपुरको थाहा नगरपालिकामा रहेको विकास घरमा कार्यक्रम भएको हो । कार्यक्रममा रुपचन्द्र विष्टका सहकर्मीहरुलगायतकाको उल्लेख्य सहभागिता रहेको थियो । 

कार्यक्रममा रणसंग्राम विष्ट, सुभाषचन्द्र विष्ट, प्रमिला विष्ट निरञ्जन अधिकारी, ज्योति रायमाझी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । वक्ताहरुले रुपचन्द्र विष्टले थालेको विभिन्न अभियान, रुपचन्द्र विष्टको देन र थाहा अन्दोलनको विषयमा चर्चा गरेका थिए । 
कार्यक्रम थाहानगरकै ज्येष्ठ नागरिक गणेश बहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।