Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

राप्रपा मकवानपुरद्वारा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

r-1609062069.jpg

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरद्वारा हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको पुर्नस्थापनाको माग गर्दै आइतबार मकवानपुरका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र हस्तान्तरण गरिएको छ ।

राप्रपा मकवानपुरका अध्यक्ष रामहरि न्यौपानेले मकवानपुरका प्रजिअ गोविन्दप्रसाद रिजाललाई ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् ।

राप्रपाको केन्द्रीय सदस्य बालकृष्ण कार्की, नवराज बिष्ट र मधु अधिकारी लगायत नेता तथा कार्यक्रर्ताहरुको नेतृत्वमा पार्टी मकवानपुरको कार्यालय सानोपोखराबाट निस्किएको पैदल र्यालीले हेटौंडा बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र हस्तान्तरण गरेको हो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०