Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

रातो मत्स्येन्द्रनाथको रथ यात्रालाई निरन्तरता देऊ : कांग्रेस

Nepali-Congress-Flag-1599181025.jpg

नेपाली कांग्रेसले रातो मत्स्येन्द्रनाथको रथ यात्रालाई निरन्तरता दिन अपिल गरेको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी भौतिक दुरी कायमका साथै उच्च सतर्कता अपनाइ रथ यात्रा गर्नु पर्ने कांग्रेसको धारणा छ ।

कांग्रेस संसदीय दलका नेता बालकृष्ण खाँणले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘रातो मच्छिन्द्रनाथको रथ जात्रालाई निरन्तरता दिन सम्बन्धित सबै पक्षलाई वार्ता एवं सम्वादको माध्यमबाट सहमतिकै आधारमा निकास खोज्न नेपाली कांग्रेस संसदीय दल हार्दिक अपिल गर्दछ ।’

ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने विषयमा बिहीबार स्थानीय र प्रहरीबीच भएको झडपको घटनाप्रति कांग्रेस संसदीय दलले दुःख व्यक्त गरेको छ । परम्परागत जात्रा सन्चालनका लागि प्रशासन, जात्रा आयोजक, स्थानीय निकाय र सम्बन्धित पक्षबीच समन्वय नहुँदा दुःखद परिस्थिति सिर्जना भएको कांग्रेसको ठहर छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०