Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

राजीनामा दिने मन्त्री खतिवडाको घोषणा

khatiwada-1599210368.jpg

अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले शुक्रबार साँझ नै राजीनामा दिने घोषणा गरेका हुन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालय बैठकमा बिहीबार प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यमा रिक्त एक सिटमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णयमा पुगेको सुनाएका थिए ।

राष्ट्रियसभाको एक सिटमा गौतमलाई सिफारिस गरेपछि खतिवडाको संसद सदस्य हुने बाटो तत्कालका लागि बन्द भएको छ । त्यससँगै उनले मन्त्री पदबाट राजीनामा दिनुपर्ने अवस्था आएको हो । उनले साँझसम्म राजीनामा दिने बताइएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले अप्ठ्यारो बेला सरकारमा बसेर काम गरेको भन्दै धन्यवाद दिएका छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०