Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

राजनीतिक संयन्त्रमा सहभागी नगराएकोमा थाहानगरका ५ दलको असन्तुष्टि

NP-1601356729.jpg

मकवानपुर थाहा नगरपालिकाले आफूहरुलाई राजनितिक दलको संयन्त्रमा सहभागी नगराएको भन्दै पाँच राजनीतिक दलले असन्तुष्टि व्यक्त गरेका छन्। प्रतिपक्ष अन्तरपाटी संजाल गठन गरी नगरपालिकाले आव्हान गरेको सर्वदलिय बैठकमा सीमित दललाई मात्र सहभागी गराएकोमा उनीहरुले ध्यानाकर्षण भएको जनाएका हुन् । 
उनीहरुले जनप्रतिनीधि निर्वाचन पश्चात्को विकास निर्माणको विवरण माग गरेको छ । थाहानगरमा क्रियाशील नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाहेकका दलहरुले विवरण माग गरेका हुन् । नगरमा ३ असोजमा गठन भएको प्रतिपक्ष अन्तरपार्टी संजाल थाहा नगरपालिकाले विवरण माग गरेको हो ।

प्रतिपक्ष अन्तरपार्टी संजालमा सञ्जालमा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी(जसपा), राप्रपा, राष्ट्रिय जनमोर्चा र विवेकशील साझा पार्टी रहेका छन् । प्रतिपक्ष दलहरुको सञ्जालले १२ असोजमा थाहा नगरपालिकाका सबै कर्मचारीहरुको नाम, पद र उनीहरुले खाइपाई आएको तलब तथा सेवा सुविधाको विवरण समेत माग गरेको जनता समाजवादी पार्टी वागमती प्रदेश सदस्य इन्द्रबहादुर श्रेष्ठले बताए । 

उनीहरुको संयुक्त टोलीले थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टलाई भेटेर अन्तरपार्टी सञ्जालको निर्णयबमोजिम सूचना विवरण माग गर्दै ज्ञनपनपत्र समेत बुझाएका छन् । संजालले नगरपालिका सूचना शाखामार्फत् विवरण माग गरेको जसपा प्रदेश सदस्य श्रेष्ठले जानकारी दिए । संजालले सार्वजनिक जानकारीको लागि प्रमाणित प्रतिलिपि उपलब्ध गराउन माग गरेको हो । 

राष्ट्रिय सूचना आयोगलाई बोधार्थ दिएर लेखिएको उक्त पत्रमा नेपाली काँग्रेसका नगर सभापति योगेन्द्रमान श्रेष्ठ, जनता समाजवादी पार्टीका क्षेत्र  नं. २ इन्चार्ज ईन्द्रबहादुर श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष हरेराम कार्की, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष दिनेश विष्ट र विवेकशील साझा पार्टीका नगर अध्यक्ष माधव कार्कीले हस्ताक्षर गरेका छन् ।

थाहानगर कार्यपालिकामा नेपाली काँग्रेसको तर्फबाट नगर उपप्रमुखसहित ३ र नगरसभामा ६ जनाले प्रतिनीधित्व गर्दै आएका छन् । यद्यपि नेपाली काँग्रेसले पनि प्रतिपक्ष अन्तरपार्टी संजाल थाहा नगरपालिकाको निर्णयमा हस्ताक्षर रहेको छ । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०