Friday, 19th June, 2026
वि.स.

राक्सिराङमा कार्कीको पहलमा दुईलाखको चामल

Raskirang-1585917209.jpg

राक्सिराङ गाउँपालिकाका विपन्न समुदायका लागि चामल, दाल लगायत खाद्यान्न बितरण गर्नका लागि मनहरीका समाजसेवी सुमन कार्की र रामकुमार रायमाझी (हारा), नवराज थिङसहितका व्यवसायीले दुई लाख रुपियाँ सहयोग गरेका छन् ।

राक्सिराङ गाउँपालिकाको नदीजन्य उत्खनन्को ठेक्काको काम गरिरहेका कार्की, रायमाझी र थिङसहितको टोलीले चामल किन्नका लागि २ लाख रुपियाँ नगद गाउँपालिकालाई हस्तान्तरण गरेको हो । गाउँपालिकाले ६ सय बोरा चामल किन्ने क्रममा सुमन कार्कीसहितको टोलीबाट २ लाख रुपियाँ नगद सहयोग प्राप्त गरेको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।

अध्यक्ष मल्लका अनुसार नदीजन्य बस्तुको उत्खनन् ठेक्का पारेको आरबी अर्बान बिल्डर्स एण्ड सप्लायर्सले नदीजन्य बस्तुको उत्खनन्को काम राक्सिराङमा गरिरहेको छ । यसको नेतृत्व कार्की, रायमाझी र थिङसहितका व्यवसायीहरुले गरिरहेका छन् ।

‘राक्सिराङका बासिन्दालाई भोकमरी परेको खबर सुनिएकाले मैले सहयोग गर्ने कामको अगुवाई गरेको हुँ’, युवा व्यवसायी तथा समाजसेवी सुमन कार्कीले भन्नुभयो–‘हामी केही साथीहरु मिलेर यस क्षेत्रमा नदीजन्य बस्तु उत्खनन्को काम गरिरहेका छौँ ।’ आवश्यक पर्ने ठाउँहरुमा अझै सामाजिक काम गर्दै अघि बढ्ने उनले बताए । 

सहयोग गर्नेहरु कार्की मनहरीका पुराना व्यवसायी तथा नेपाली काँग्रेस मनहरीका पूर्व सभापति हुन् भने रायमझी नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष र थिङ जिल्ला सदस्य हुन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०