nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

राईगाउँमा चेतनामूलक शुभकामना दौड

fsdfdadadadsdsgadsgadsags-1476089658.jpg

मकवानपुरको राईगाउँमा ‘राईगाउँको एकता, समृद्ध बनाउने हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ चेतनामूलक शुभकामना दौड प्रतियोगिता भएको छ । नव जागरण समाज राईगाउँ–५ मकवानपुरले नेपालीको महान् पर्व विजया दशमी तथा शुभ दिपावलीको अवसरमा प्रतियोगिता आयोजना गरेको हो । करिब ४ किलोमिटर दूरीको दौड प्रतियोगितामा राईगाउँ–२ का प्रज्वल राई प्रथम, राईगाउँ–५ का आशिष राई दोश्रा र राईगाउँ–२ का कविराज राई तेश्रा भए । प्रतियोगिताका बिजेतहरुलाई ट्रफी, मेडल, प्रमाणपत्र सहित क्रमशः दुई हजार, पन्ध्र सय, एक हजार रुपैँया बितरण गरिएको थियो । दौड प्रतियोगितामा राईगाउँका २० युवाले सहभागिता जनाएका थिए । कार्यक्रममा नेपाली काँग्रेसका शेरबहादुर भोलन, नेकपा एमालेका भीमकुमार राई, श्रमजीवी युवा मञ्चका वीरबहादुर राई, सूर्य मा.बि.का प्रमोदकुमार राई, बागमती मा.बि.का हर्कबहादुर राई, नेपाल आदिवासी जनजाति महासंघका किशोरकुमार राई, सबल कार्यक्रमका राजेन्द्र गोले, राईगाउँ स्वास्थ्य चौकीका फूलेश्वर पाण्डे लगाएतले मन्तव्य व्यक्त गरेका थिए । शुभकामना आदान प्रदान तथा खेलकूदको विकासको लागि सहयोग पु‍¥याउने उदेश्यले दौड प्रतियोगिता गर्दै आएको बताउँनु हुँदै नव जागरण समाजका अध्यक्ष ज्ञानबहादुर राईले आगामी दिनमा फरक खालको कार्यक्रम आयोजना गर्ने बताए ।