Thursday, 16th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

युवा संघ थाहानगर कमिटीले पूर्णता पायो, ३१ सदस्यीय सचिवालय गठन

rupesh-1635694954.jpg

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल थाहा नगर कमिटीले  पूर्णता पाएको छ भने सचिवालय समेत गठन गरिएको छ ।

युवा संघ थाहानगर कमिटीको १४ कात्तिकमा बसेको पूर्ण बैठकले रिक्त रहेको उपाध्यक्षमा रुपेश श्रेष्ठ, उपसचिवमा मोहनदास प्रधान र कोषाध्यक्षमा विक्रम श्रेष्ठलाई सर्वसम्मत् चयन गरेको हो । यसअघि १३ असोजमा सम्पन्न युवा संघको नगर अधिवेशनले कमिटीको अध्यक्षमा प्रदिप भट्ट र सचिवमा सुमन रायमाझीलाई निर्वाचित गरेको थियो ।

बैठकले ३१ सदस्यीय सचिवालय कमिटीसमेत गठन गरेको छ । सचिवालयमा अध्यक्षमा प्रदिप भट्ट, उपाध्यक्षमा रुपेश श्रेष्ठ, सचिव सुमन रायमाझी, कोषाध्यक्ष विक्रम श्रेष्ठ, उपसचिवमा मोहनदास प्रधान सहित थाहाका १२ वटै वडाबाट प्रतिनिधित्व गर्ने कमिटी सदस्यहरु रहेका छन् । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०