nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

यति एयर दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि

plane-crash_Ws9hqSFeNB-1673782305.jpg


    पोखरा महानगरपालिका–१७ घारिपाटन स्थित सेतिको खोचमा यति एयरलाइन्सको विमान दुर्घटना हुँदा ६८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उडड्यन प्र्धिकरणको खोज तथा उद्दार समन्वय केन्द्रले ६८ जनाको मृत्यु भएको पुष्टि गरेको हो । विमानमा ५३ जना नेपाली, ५ भारतीय, ४ जना रसियन नागरिक, १ जना आयरल्याण्डको नागरिक, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २ र फ्रान्सेली नागरिक एकजना सवार थिए ।

विमानमा ४ जना चालक दलका सदस्य थिए । प्राधिकारणका अनुसार क्याप्टेन कमल केसीसहित चालक दलका अन्जु खतिवडा, सृजना होंगचुन र ओसिन आले मगर सवार थिए । मन्त्रिपरिषद्को निर्णयअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा कल सेन्टर स्थापना गरिएको छ । मृतक यात्रुको सम्बन्धमा जानकारी लिन ०१–४११३१६३ नम्बरमा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ । यति एयरलायन्स आधिकारिक प्रतिनिधि पेम्पा शेर्पालाई ९८०१००७५३१ नम्बरमा सम्पर्क गर्न सकिने प्राधिकरणले जानकारी दिएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)