Tuesday, 16th June, 2026
वि.स.

मेयर र नेपाली सेनासहित ५५ जनामा कोरोना संक्रमण पुष्टि

corona-1596869442.jpg

नेपालभर कोरोनाको कहर बढेपछि अहिले स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुपनि धमाधम कोरोना संक्रमणमा परेका छन् । यसैक्रममा वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, मेयर सहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ४७ जना पुरूष र ८ जना महिला रहेका छन् । संक्रमित हुनेमा २२ वर्षका देखि ७४ वर्ष सम्म रहेका छन् ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले जानकारी दिए अनुसार शनिबार बिहान संक्रमण हुनेहरुमा बारा जिल्ला कलैया वडा नम्बर १० घर भइ ३१ बर्षका १ जना नारायणी अस्पतालका प्रयोगशाला प्राविधिक रहेका छन् ।

वीरगन्जस्थित चण्डी प्रसाद गणमा कार्यरत ३२ बर्षका १ जना नेपाली सेना रहेका छन् । पर्सा जिल्ला बहुदरमाइ नगरपालिकाका ४० बर्षिय मेयर रहेका नारायणी अस्पतालका मेसु उपाध्यायले बताए ।

त्यसैगरी वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका २२ बर्ष देखि ७४ बर्षका सम्मका २१ जना, पर्सा जिल्ला बहुदरमाइ नगरपालिकाका २२ बर्ष देखि ४० बर्षका सम्मका २५ जना, छिपहरमाइ गाँउपालिका वडा नम्बर ५ भिस्वाका ३५ बर्षिय १ जना पुरुष र ५५ बर्षिय १ जना महिला रहेकी छिन् भने बिन्दवासिनी गाँउपालिका नगरदाहा वडा नम्बर ३ का ३१ बर्षिय १ जना पुरुष रहेको नारायणी अस्पतालका मेसु उपाध्यायले बताए ।

त्यसैगरी बारा जिल्ला भलुही भरवलियाका ३० बर्षका १ जना पुरुष , बारा जिल्ला मनहर्वाका ४३ बर्षिय १ जना पुरुष, सर्लाही जिल्लाका २६ बर्षका १ जना पुरुष रहको नारायणी अस्पतालका मेसु उपाध्यायले जानकारी दिए ।

साउन २० गते देखि २३ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ५५ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. निरज सिंहले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०