Friday, 17th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मुख्यमन्त्री पौडेलद्वारा ३० सांसदसंग स्पष्टिकरण माग

dormani-paudel-1609308174.png

 बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ३० जना प्रदेश सभा सदस्यलाई स्पष्टिकरण माग गरेका छन् ।

उनले आफुविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकामध्ये गरकामध्ये ३० जनालाई स्पष्टिकरण माग गरेका हुन् ।

उनीहरूलाई आफ्नै पार्टीको सरकारबिरूद्ध अविश्वासको प्रस्ताव गरेको, दलका नेतालाई दलको विधान अनुसार सहयोग गर्नुपर्ने कर्तव्य पूरा नगरेको, पार्टी हित विपरित कार्य गरेको जस्ता विषय उल्लेख गर्दै स्पष्टीकरण माग गरेका हुन् ।

मूख्यमन्त्री पौडेलविरूद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमा ४५ सांसदले हस्ताक्षर गरेका थिए ।

उनले नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदबाट बर्खास्त गरेका छन् ।

प्रदेश सरकाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दा प्रस्तावक बनेका जम्कट्टेल र हस्ताक्षर गरेका माझीलाई मूख्यमन्त्री पदबाट हटाइएको हो । हटाइएका दुबै प्रचण्‍ड–नेपाल पक्षका हुन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०