nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मालपोतका काफ्लेलाई एक लाख घुस लिँदै गर्दा पक्राउ

rajaswa-1513246721.jpg

जिल्ला मालपोत कार्यालयको रजिस्ट्रेसन फाँटमा कार्यरत नायब सुब्बा देवराज काफ्लेलाई रु एक लाख घुस लिँदै गर्दा २८ मंसिर दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । मालपोत कार्यालयको जमिनमुनिको कोठामा घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

सूर्यविनायक नगरपालिका नङ्खेलको जग्गा पास गर्न डोर खटाउने क्रममा आवश्यक दस्तुर रु १५ हजार बुझाइसकेपछि पनि थप रु एक लाख घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले पक्राउ गरेको हो । टोलीले थप अनुसन्धान जारी राखेको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)