Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

माओवादी मकवानपुरका नेता बलराम बल एमालेमा प्रवेश

bal-1639133322.jpg

नेकपा माओवादी केन्द्र मकवानपुरका प्रभावशाली नेता एवम् जिल्ला सचिव बलराम बल र प्रतिनिधि सभा २ को प्रदेश सभा ९ख० संयोजक नरेन्द्र रिजाल सहित १२ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

२४ मंसिरमा नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपीशर्मा ओलीसँगको भेटमा उनीहरुलाई अध्यक्ष ओलीले खादा ओढाएर एमालेमा स्वागत गरेका हुन् । मकवानपुरको कम्युनिष्ट आन्दोलनका प्रभावशाली नेताको रुपमा रहेका बल जनमोर्चा र माओवादीको एकिकरणसँगै माओवादीमा रहेका थिए । माओवादी केन्द्रको तर्फबाट स्थानीय तहको निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको उपमेयरको उम्मेद्वार समेत रहेका वललाई मकवानपुरे कम्युनिष्ट आन्दोलनको प्रखर वक्ताको रुपमा समेत चिनिदै आएको छ ।

बल सहित राधाकृष्ण रिजाल, बसुन्धरा सुरेन्द्र रिजाल, राज वाइवा, नविन रिजाल, केसर भुजेल, रञ्जन सापकोटा, राधा भुजेल र समिर विष्ट नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरुले देश र जनताका लागि काम गर्ने केपि ओलीजस्तो नेता अर्को सय वर्ष नपाइने भन्दै ओली नेतृत्वको पार्टीमा समाहित हुन पाउँदा एकदमै खुशी लागेको बताएका छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०