Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

माओवादी बागमती प्रदेश कमिटीको निर्वाचन प्रक्रिया शुरु, उपाध्यक्षमा मकवानपुरका पुलामीकाे उमेदवारी(उमेदवारहरुकाे सूचीसहित)

IMG_20211220_202018-1640011469.jpg

नेकपा माओवादी केन्द्रको वाग्मती प्रदेश कमिटीकाे पदाधिकारीमा निर्वाचन नै हुने भएकाे छ । मकवानपुरका माओवादी नेता प्रेमबहादुर पुलामी छिन्तुले उपाध्यक्षमा उमेदवारी दिएका छन् ।

अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । काठमाडौंको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा जारी निर्वाचनअन्तर्गत सरल सहयात्री पौडेल र दिननाथ गौतमले उम्मेदवारी दिएका हुन् ।

अध्यक्षसहित ९ पदाधिकारीका लागि २९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य डीबी तामाङले जानकारी दिए । उनका अनुसार उपाध्यक्षका लागि १०, सचिवमा ४, सहसचिवमा १० र कोषाध्यक्षका लागि ३ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

वाग्मती प्रदेशको  २५ र २६ मंसिरमा काठमाडौंमा भएको सम्मेलनमा २७५ जना सदस्य चयन भए पनि पदाधिकारीमा सहमति हुन सकेको थिएन । अध्यक्षलगायत पदाधिकारीमा सहमतिका लागि लामो समयसम्म प्रयास हुँदा पनि पौडेल र गौतमले दाबी नछोडेपछि निर्वाचनमा गएको हो । यसअघि अध्यक्षका लागि आधा दर्जनभन्दा बढी नेताले दाबी गरेका थिए ।

अध्यक्ष र पदाधिकारी छनोटका लागि प्रदेश कमिटीका २७५ जनाले मतदान गर्ने माओवादी वाग्मती प्रदेश कमिटी सदस्य विदुर खड्काले बताए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०