nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

महेन्द्र राउतले घोषणा गरे आफ्नो प्यानल [हेर्नुहोस् नामावली]

यहि १५ पौषबाट सुरु हुने मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनको लागि वर्तमान महासचिव महेन्द्र राउतले प्यानल घोषणा गरेका छन् ।
हेटौँडामा भब्य कार्यक्रमको आयोजना गरि राउतले प्यानलको घोषणा गरेका हुन । राउतको प्यानलमा वाणिज्य तर्फका उपाध्यक्षमा कृष्णकुमार गुप्ता अग्रवाल, एशोसिएट तर्फको उपाध्यक्षमा उज्वल चौलागाई र उद्योग तर्फको उपाध्यक्षमा रबिन्द्रप्रसाद घिमीरेको उम्मेद्वारी घोषणा भएको छ ।

यस्तै वाणिज्य तर्फको सदस्यहरुमा राजेन्द्र लामिछाने, पवन कुमार अग्रवाल, मनोज जालान, कृष्णप्रसाद ढ्ङ्गाना, दिवस पराज्ुली, जावेद हुसेन र दिलीस गोबिन्द जोशी रहेकाछन् । यस्तै एशोसियट सदस्यहरुमा उपेन्द्र सुबेदी, प्रल्हाद चौलागाई र यमबहादुुर सिलवालले उम्मेद्वारी घोषणा गरेका छन् । यस्तै उद्योग तर्फको सदस्यमा राजु नेपाल, नरेन्द्र भण्डारी, गँगाप्रसाद पौडेल, निप्पु सर्राफ र प्रतिमा श्रेष्ठको उम्मेदवारी घोषणा गरिएको छ भने वस्तुगत तर्फको सदस्यहरुमा राजु अधिकारी र तेजराज अधिकारीको उम्मेद्वारी घोषणा भएको छ ।

घोषणा कार्यक्रममा पूर्व अध्यक्षहरु दिपकप्रसाद श्रेष्ठ, जीवनकाजु माकजु, संघका वर्तमान अध्यक्ष राजकुमार न्यौपाने, सल्लाहकार रामचन्द्र अर्याल माईकल, प्रदिप कोइराला, बालकृष्ण चौलागाई लगाएतको उपस्थिती रहेको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)