nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरमा प्रशासनको निर्देशन यातायात व्यवशायीले मानेन, विद्यार्थी कडा संघर्षमा उत्रने

विद्यार्थीलाई ४५ प्रतिशत छुट गर्ने निर्णयको कार्यान्वयन नभएको भन्दै कडा संघर्षमा उत्रिने विद्यार्थीहरुले चेतावनी दिएका छन् । मकवानपुरमा सार्वजनिक यातायातमा ४५ प्रतिशत छुट दिनको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले यसअघि नै परिपत्र गरिसकेको छ । 

मकवानपुरमा नियमित चल्ने सार्वजनिक सवारी साधनले विद्यार्थीलाई छुट दिन जिल्ला प्रशासन कार्यालयले यातायात व्यवसायीहरुलाई निर्देशन दिएको थियो । प्रशासनले चैत १ गतेदेखि लागू हुने गरी तत्काल विद्यार्थी छुट दिन निर्देशन दिए पनि निर्णयको कार्यान्वयन नभएको विद्यार्थीहरुले बताएका छन् । विद्यार्थी नेता अनेरास्ववियु जिल्ला कोषाध्यक्ष विशाल पौडेलले सार्वजनिक यातायातमा विद्यार्थीलाई तत्काल छुट दिनुपर्ने बताए । विद्यार्थी रामकृष्ण शिवाकोटीले यातायात व्यवसायी, विद्यार्थी तथा जिल्ला प्रशासन कार्यालयका प्रमुख आस्मान तामाङसँग भएको सहमतिलाई टेम्पो तथा मझौला सहितका अन्य यातायात संस्थाहरुले कार्यान्वयन नगरेको भन्दै आन्दोलनको कार्यक्रमहरु सार्वजनिक गर्नु परेको बताए ।

न्युज क्लब नेपाल हेटौंडामा भएको पत्रकार सम्मेलनमा बोल्दै कोषाध्यक्ष पौडेलले राज्यले दिएको अधिकार माग्दा समेत यातायात व्यवसायीहरुले विद्यार्थीलाई अपशब्द प्रयोग गर्ने, विद्यार्थी आउने र जाने समयमा सवारी नचलाउने तथा धम्की दिनेसम्मको काम गरेको भन्दै यसको विरुद्धमा आफुहरुले निर्णायक आन्दोलनको तयारी गरेको बताए । विद्यार्थीहरुले आजको मितिबाट २४ घण्टा भित्र विद्यार्थीको अधिकार बमोजिम छुट नदिए सिठ्ठी आन्दोलन, सडक नाटक, यातायात व्यवसायी संघको कार्यालय घेराउ तथा तालाबन्दी गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् । चैत्र १ गतेबाट छुटलाई कार्यान्वयन गर्ने भनेर सहमति भएपनि उक्त सहमतिको कार्यान्वयन नभएको भन्दै उनीहरुले अन्तिम आन्दोलनको तयारी गरेको बताए ।

कार्यक्रममा प्रमोद फुँयाल, शिवजी चौहान, सज्जन ढकाल, अभि मैनालीलगायतको उपस्थिति रहेको थियो ।

हेर्नुहोस विज्ञप्ती:

यो पनि पढ्नुहोस

मकवानपुरका सार्वजनिक यातायातले विद्यार्थीलाई ४५ प्रतिशत छुट दिनूपर्ने