nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरबाट मानव अधिकारवादी संस्थाको यस्तो आग्रह 

कैलाली जिल्ला घोडाघोडी नगरपालिका वडा नम्बर ५, की राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गर्नेलाई विभिन्न मानवअधिकारवादी संस्थाले कारवाही माग गरेका छन् । आज मकवानपुरको हेटौंडामा प्रेस विज्ञप्ति जारी गर्दै अहिलेको समयमा बोक्सीको आरोपमा समाजमा हुने यस्ता जघन्य अपराध निन्दनीय भएको जनाउँदै दोषीलाई कारवाही माग गरिएको हो । 

‘अन्तराष्ट्रिय श्रमिक महिला दिवश २०१८ मनाइरहेकै अवधिमा यस प्रकारको हिंसा हुनु निन्दनीय कार्य भएकोमा हामी अत्यन्त दुःखी छौं ।’ विज्ञप्तिमा भनिएको छ,‘यस घटनाप्रति हामी घोर भत्सर्ना गर्दछौं ।’ मेन इङ्गेञ्ज एलाइन्सका केन्द्रिय सल्लाहकार एवम् बाल कल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडा, कन्सोर्टियमका कार्यकारी निर्देशक नुतन शर्मा, सहयोगी हातहरुको समूह(सहास) नेपालका प्रताप श्रेष्ठ, सिविन बाल हेल्पलाइन हेटौंडाका कार्यक्रम संयोजक झविन्द्र ज्ञवाली, सिजपका सङ्गीता कार्की, मानव अधिकार संरक्षण तथा मानव बेचविखन विरुद्घको सञ्जाल मकवानपुर अध्यक्ष आरती पाठक, महिला अधिकार रक्षक सञ्जाल अध्यक्ष मीना अर्याल, माइती नेपालकी कार्यक्रम संयोजक माया लामाले विज्ञप्ति जारी गरेका हुन् । यस्तै, शक्ति समूहकी अस्मिता तामाङ, हिमराइट्स मकवानपुरका कुमारी वाइवा, जनसेवा नेपाल रौतहतका अध्यक्ष कोपिला तिमल्सिना, साथी सहकार्य नेपाल अध्यक्ष सुदन विश्वकर्मा, नव चिन्तनशील युवा क्लव मकवानपुर अध्यक्ष सञ्जय लोप्चन, नवयुग आसन किशोरी समूहका अध्यक्ष नैना विश्वकर्मा, हेटौंडा नगरस्तरि बाल क्लव अध्यक्ष लक्ष्मी भण्डारीले विज्ञप्तिमार्फत दोषीलाई नछाड्न आग्रह गरिएको छ । 

विज्ञप्तिमा घटनाको यथासिघ्र छानविन गरी दोषीमाथि कारवाही गर्न महिला बालबालिका र समाजकल्याण मन्त्रालय, राष्ट्रिय महिला आयोग,राजनीतिक दलहरु, गृह मन्त्रालय र स्थानीय सरकारसंग माग गरिएको छ । 


जिससलाई कन्सोर्टियमको ज्ञापनपत्र 

मकवानपुरका प्रत्येक स्थानीय तहमा बालमैत्री शासन अबलम्बन गर्ने योजना सहितको व्यवस्था गरी कार्यान्वयन गर्न माग गरिएको छ । 
 आज कन्सोर्टियम नेपालले जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष रघुनाथ खुलाललाई ज्ञापनपत्र बुझाउदै स्थानीय तहमा बाल संरक्षण र बाल सहभागिता प्रबद्र्घनका लागि आग्रह गरेको हो । कन्सोर्टियम नेपालका केन्द्रिय सदस्य प्रकाश खतिवडाले अध्यक्ष खुलाललाई ज्ञापनपत्र बुझाउदै बालअधिकार, बाल संरक्षण र बाल सहभागिताको अधिकार सुनिश्चितताका लागि स्थानीय तहमा बहस,पैरवी गर्नका लागि आवश्यक कानून सुनिश्चित गर्न माग गरिएको हो । ज्ञापनपत्रमा निर्वाचित जन प्रतिनिधीको संयोजकत्वमा बालबालिकाको सहभागिता सहितको स्थानीय बाल संरक्षण समिति गठन, बालबालिका लक्षित शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागितासंग सम्बन्धित कार्यक्रमहरुका लागि नियमित बजेट विनियोजन सहितको आवधिक योजना निर्माण र लागू गरिने सुनिश्चितता गर्न माग गरिएको छ । 

यस्तै, स्थानीय तह भित्रका समुदाय र विद्यालयमा रहेका बालक्लवहरुको क्षमता विकास र संस्थागत विकासमा सहयोग र आबद्घताको व्यवस्था, गैर सरकारी संस्थाहरुको विकास, मानव अधिकार, समावेशीता, सामाजिक न्याय आदिका क्षेत्रमा सहजतापूर्वक कार्य गर्ने परिवेश निर्माण, झण्झटिलो प्रशासनिक प्रकृयालाई सुधार गरी सहज र गैससमैत्री बनाउँने सुनिश्चितता, स्थानीय एवम् राष्ट्रिय योजना तर्जुमामा पनि बालबालिकाको विधिवत सहभागिता सुनिश्चितता व्यवस्था गर्न पनि माग गरिएको कन्सोर्टियमका कार्यक्रम संयोजक सरोज आचार्यले जानकारी दिए । 

यस्तै, परिवार तथा समुदायमा बाल सहभागिताको अभ्यास गर्नका लागि अभिभावक शिक्षा, बालबालिकाको लागि प्रशिक्षण तथा समुदायका लागि नीतिगत व्यवस्था गर्दै सहभागितात्मक संस्कृतिको विकास गर्नका लागि प्रभावकारी कार्यक्रम स्थानीय सरकारबाट लागू गर्नुपर्ने, स्थानीय तहस्तरिय संरचना तथा भौतिक पूर्वाधारहरु बालमैत्री, बालबालिकाको लागि सुरक्षित र अपाङ्गमैत्री हुने कुरा सुनिश्चित गर्नुपर्ने, सबै तहको योजना तथा नीति तर्जुमामा बालबालिकाको सरोकार सुनिने गाउँ तथा नगर बाल परिषदका् व्यवस्था गरिनुपर्ने, हिंसा, दुव्र्यबहार तथा शोषणमा परेका बालबालिकाको लागि अल्पकालीन तथा दिर्घकालीन् संरक्षण तथा गृह आपतकालीन कोषको व्यवस्था स्थानीय सरकारले नै गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा उल्लेखित छ । 

नेपालको संविधानले बालबालिकाको हक अधिकारलाई संवैधानिक रुपमा नै मौलिक हक अन्तर्गत व्यवस्था गरेर विश्वका उत्कृष्ट संविधानमध्ये एक मानिएकाले बालअधिकारको सवालमा पनि सकारलाई जवाफदेही बनाउँनका लागि ज्ञापनपत्र बुझाइएको बाल कल्याण समाज मकवानपुरका रामप्रसाद दाहालले जानकारी दिए । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)