nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरको दामन चिनाउन साइकलिस्टले साइकलिङ गर्दै

दामन घुमफिर वर्ष २०७५ को अवसरमा मकवानपुर साइक्लीङ संघले हेटौँडाबाट थाहानगरको दामनसम्मको साईकल यात्रा गर्ने भएको छ ।

प्रदेश सरकारले समेत यो वर्षलाई घुमफिर वर्ष २०७५को घोषणा गरि पर्यटनलाई प्रर्वद्धन गर्ने कार्यक्रम सर्वजनिक गरेसंगै त्यसको प्रवद्र्धन गर्न साइक्लीङ संघले अग्रसरता देखाएको हो । संघले शुक्रबार हेटौँडाबाट दामानसम्म साईकल यात्रा गर्ने भएको हो ।

१२ मंसिरमा हेटौँडामा पत्रकार सम्मेलनको अयोजना गरि संघका अध्यक्ष संगित श्रेष्ठले मकवानपुरको दामन क्षेत्र नेपालको लागि उत्कृष्ट पर्यटन गन्तब्य भएको भन्दै आफुहरुले पनि पर्यटन प्रर्वद्धनको लागि प्रयास गरेको बताए ।

शुक्रबार मकवानपुरबाट ३० जनाको टोली तथा काठमाण्डौँबाट करिब २० जनाको टोली दामान पुग्ने छन् । टोलीले दामनको विभिन्न पर्यटकीय क्षेत्रमा भ्रमण गरि शनिबार हेटौँडा फर्कने कार्यक्रम रहेको समेत श्रेष्ठको भनाई रहेको छ ।

हेटौंडाबाट शुक्रबार थालिने साइकलिङमा पूर्वी नेपालको सुनसरी, बारा, पर्सा, रौतहटसहित काठमाडौं र ललितपुरका साइकलिस्ट सहभागी हुने उनले बताए । सहभागीबाट नै प्रति व्यक्ति ३ हजार रुपैयाँ सहयोग उठाएर आवश्यक खर्चको व्यवस्थापन गरेको संघले जनाएको छ ।

सरकारको छनोटमा परेका देशका एक सय नयाँ पर्यटन गन्तब्यमा मकवानपुरमा दामन, चित्लाङ र मकवानपुरगढी परेका छन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)