nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 7th May, 2024
वि.स.
1000043965-1707579226.jpg

भीमफेदी–कुलेखानी सडक विस्तार तीव्र, अनुगमनमा खटिए मन्त्री फुयाँल

Mantri-1586424885.jpg

हेटौंडा–दक्षिणकाली सडक खण्ड अन्तर्गत भीमफेदी–कुलेखानी सडक विस्तारको अनुगमनमा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल आफै खटिएका छन् । साविक ४ मिटर सडकलाई ६ मिटर बनाउने योजनासहित अहिले काम भइरहेको छ ।

बन्दाबन्दी (लकडाउन) को समय पारेर बागमती प्रदेशले भटाभट काम थालेको सडकको अनुगमनमा मन्त्री आफैं लागिपरेको प्रतिक्रिया दिएका छन् । मन्त्री फुयाँलले २६ चैतमा निर्माण स्थलमै पुगेर सडक अनुगमन गरेका हुन् । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री फुयाँलले अहिले सवारी साधन बन्द भएको समयलाई सदुपयोग गरी सडक विस्तारको काम गरिएको बताए । उनले छिट्टै निर्माण सकिने पनि बताएका छन् ।

अनुगमनमा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामालगायत स्थानीय जनप्रतिनिधिहरुको पनि सहभागिता थियो ।

भीमफेदीदेखि कुलेखानीसम्म दैनिक ६ वटा डोजरले बाटो विस्तार गरिरहेका छन् । भीमफेदीदेखि देउरालीसम्म ८ किलोमिटर सडक निर्माणका लागि रु.१७ करोड र देउरालीदेखि कुलेखानीसम्म ७ किलोमिटरका लागि रु.१५ करोडमा मोतीदाना कन्स्ट्रक्सनसँग सम्झौता भएको छ । हेटौंडा, भीमफेदी, कुलेखानी, सिस्नेरी, दक्षिणकाली हुँदै काठमाडौं जोड्ने सडक निर्माणको २०४९ शुरुआत भई २०६३ सालमा सम्पन्न भएको थियो। हाल उक्त सडकमा दैनिक करीब २ हजार ५ सय सवारीसाधन आउजाउ गर्छन्।