nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

भनसुन बिनै हुन थाल्यो कर्मचारीको सरुवा

karma-1611975256.jpg

विराटनगरको  भन्सार  कार्यालयका नायब सुब्बा विजय गौतमले काठमाडौँमा रहेको केन्द्रीय तथ्याङ्क विभागमा सरुवा माग गर्दै एक  महिनाअघि  सङ्घीय  मामिला  तथा  सामान्य  प्रशासन  मन्त्रालयमा  निवेदन  दिए ।   अनलाइन  प्रणालीबाट सरुवाका लागि निवेदन दिएको दुई हप्तामै गौतमलाई मन्त्रालयबाट तपाईंले रोजेकै कार्यालयमा सरुवा भयो भनेर फोन आयो ।

महोत्तरी,  जलेश्वरको  हुलाक  कार्यालयबाट  निजामती किताब खानामा सरुवाका लागि निवेदन दिएका खरिदार  सावित्रा  अधिकारीको  पनि  अनलाइनबाट निवेदनदिएको केही दिनमै मन्त्रालयले सरुवा भएको जानकारी दियो । “खाली ठाउँ कहाँ छ  भन्ने  खोज्दै  जाँदा  निजामती  किताब  खानामा  खरिदारको पद खाली भएको पाइयो । अनलाइनबाट निवेदन दिएँ । निवेदन दिएको चार दिनमै तपाईंको काम  भयो  भनेर  मन्त्रालयबाट  फोन  आयो”  अधिकारीले भनिन् । अनलाइन प्रणालीबाट सरुवा गर्दा बिनाभनसुन र विना झन्झट रोजेकै कार्यालयमा सरुवा भएको उनल बताइन् । 

 सङ्घीय  मामिला  तथा  सामान्य  प्रशासन  मन्त्रालयले  सुरु  गरेको  अनलाइन  सरुवा  प्रणाली  प्रभावकारी  बन्दै  गएको  छ ।  यसअघि  भौतिक  रूपमै उप‚िथत भएर सरुवाका लागि निवेदन दिँदा एक  महिनामा  तीन  सयदेखि  चार  सय  निवेदन  आउने  गरेकोमा  अनलाइन  प्रणाली  लागू  भएपछि  आठ  सय  पुगेको  छ । 

 निवेदन  दिएकामध्ये  एक  महिनामा ७२ जनाको सरुवा अनलाइन प्रणालीबाट भएको  मन्त्रालयले  जनाएको  छ ।  

-गोरखापत्र