Tuesday, 16th June, 2026
वि.स.

बिसिङ्खेलका अग्निपीडितलाई थाहा नगरपालिकाको सहयोग

clll-1591064682.jpg

थाहा नगरपालिका वडा नम्बर १० तल्लो विसिङ्खेलका अग्नीपीडित परिवारलाई थाहा नगरपालिकाले खाद्यन्न तथा लत्ताकपडा सहयोग गरेको छ ।

तीन परिवार बस्ने उक्त घरमा १७ जेठमा आगोलागी भएपछि घरबार बिहिन भएकाहरुलाई प्रति परिवार १/१ बोरा चामल, तेल १/१ लिटर, दाल २/२ किलो, नून १/१ पाकेट डस्ना २/२ सेट, सिरानी ४/४ थान, तन्ना २/२ थान सहयोग गरिएको छ । पीडितहरुलाई थाल, कचौरा, गिलाँस, डेक्ची, बाल्टिन, बाटा, मग लगायत एकसरो सबै किसिमको सामाग्री दिइएको विपद व्यवस्थापन फोकल पर्सन अनिल लामिछानेले बताए ।

राहत सहयोग वितरण नगर प्रमुख लवशेर विष्टले वितरण गरेका हुन् । सो अवसरमा थाहा नगरपालिकाका राजनैतिक सललाहकार विष्णु विष्टलगायतकाको पनि सहभागिता रहेको थियो । सहयोग बुझ्दै पीडितहरु खुशी भएका थिए । उनीहरुले नगरपालिकालाई धन्यवाद दिए । 

पीडित परिवारमध्ये आगलागीमा परी २८ बर्षीया किरणदेबी गमाल, उनको ८ वर्षीय छोरा जेम्स गमाल र कान्छो छोरा ८ महिनाको आवास गमाल घाइते भएकोमा उनीहरुको मनमोहन मेमोरियल अस्पताल काठमाण्डौंमा उपचार भइहेको छ । आगोलागीबाट करिव ५० लाख बराबरको क्षति भएको थियो ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०