nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बाल केन्द्रित बिपद् जोखिम न्यूनीकरण अभिमुखीकरण

जलवायुमा आधारित सुरक्षित बिद्यालय परियोजना र बाल केन्द्रित बिपद् जोखिम न्यूनीकरण परियोजना अन्तरगत अभिमुखीकरण तालिम ७ कार्तिकमा हेटौँडामा भएको छ ।

कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका प्रतिनिधी तथा साझेदार संस्थाहरुका प्रतिनिधीको सहभागिता रहेको थियो । प्लान इन्टरनेशनल नेपाल मकवानपुर कार्यक्रमको आर्थिक सहयोगमा सामुदायिक उर्जा तथा पर्यावरण बिकास मञ्च, मकवानपुरले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सामुदायिक उर्जा तथा पर्यावरण बिकास मञ्चका अध्यक्ष मणीप्रसाद सुवेदी र प्लान इन्टरनेशनल मकवानपुरका कृष्णप्रसाद घिमिरेले सहजिकरण गर्नुभएको थियो ।

प्लान इन्टरनेशनल मकवानपुरका शिक्षा संयोजक ओमप्रकाश उप्रेतीको प्रमुख आतिथ्यमा उद्घाटन भएको कार्यक्रमको समापन प्लान इन्टरनेशनल मकवानपुरका कार्यक्रम इकाई प्रबन्धक नेत्रप्रसाद उपाध्यायले गर्नुभएको थियो । कार्यक्रममा प्लान इन्टरनेशनलको आपतकालिन सर्तकता योजना बारेमा बिस्तृत रुपमा जानकारी गराईएको थियो ।