nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 7th May, 2024
वि.स.
1000043965-1707579226.jpg

बागेश्वरी महिलाको १० औं साधारण सभा

हेटौंडा ११ नवलपुरमा रहेको बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं बार्षिक साधारण सभा २० असोजमा भएको छ । हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महतको प्रमुख अतिथ्य तथा सहकारीकी अध्यक्ष शर्मिला श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
एक हजार नौ सय २७ जना शेयर सदस्य रहेको सहकारीले गत आर्थिक बर्ष २०७४/७५ सम्म सात करोड ५४ लाख ३१ हजार रुपैंया रुपैंया बचत र आठ करोड ८३ लाख ६६ हजार रुपैंया ऋण लगानी गर्न सफल भएको जनाएको छ ।

कार्यक्रममा सहकारीकी अध्यक्ष श्रेष्ठले संस्थाको प्रतिवेदन, सचिव अनिता खतिवडाले गत आर्थिक बर्ष २०७४/७५ को बार्षिक प्रगति प्रतिबेदन तथा आर्थिक बर्ष २०७५/७६ को प्रस्तावित कार्यक्रम र कोषाध्यक्ष आशा अर्यालले आर्थिक बर्ष २०७४÷७५ को बार्षिक आर्थिक प्रतिबेदन तथा आर्थिक बर्ष २०७५/७६ को अनुमानित आय व्यय विवरण प्रस्तुत गरेका थिए ।

साधारण सभाको अवसरमा सहकारीले विभिन्न व्यक्तीहरुलाई सम्मान समेत गरेको छ । सम्मानित हुनेमा नियममित बचतकर्ता ३ जना, असल ऋणी २ जना, सफल व्यवसायी ३ जना, उत्कृष्ट बचतकर्ता ३ जना, शिक्षा बचत गर्ने ३ जना, खुक्रुके बचत गर्ने ३ जना र बचत ननिकाल्ने १ जना रहेका छन् । सहकारीमा आवद्ध रहेका सबै जेष्ठ शेयर सदस्यलाई समेत सहकारीले साधारण सभाको अवसरमा सम्मान गरेको थियो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा अध्यक्ष गोकर्णप्रसाद पराजुली, जिल्ला सहकारी संघ मकवानपुरका कृष्ण राई, जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकी सचिव कल्पना श्रेष्ठ, संस्थापक अध्यक्ष लक्ष्मी विडारी, नवयुवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हिमप्रसाद पौडेल, टोल विकास नगर समन्वय समिति हेटौंडाका सचिव देवकुमार श्रेष्ठ, सहसताब्दी बचत तथा ऋण सहकारीका अध्यक्ष दिनेश विडारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)