Monday, 15th June, 2026
वि.स.

दामन क्षेत्रको गुराँस संरक्षणको लागि डिपिआर तयार हुँदै

Daman-001-1584094900.jpg

 उतरी मकवानपुरको चिसो क्षेत्रामा राताम्य फुलेका लालीगुराँसले पर्यटकको मन लोभिएका हुन्छ । बाइरोडको नामले परिचित त्रिभुवन राजपथवरपरका जंगलमा फुलेका लालिगुराँसले बाइरोडको यात्रा गर्ने जो कोहीलाई पनि लोभ्यउनु स्वभविक नै हो ।

टिष्टुङका डाँडापाखादेखि नामटार झिरघारीका डाँडाहरु बेहुली झै राताम्य देखिन्छ । त्यसैले लालीगुराँसका पारखीहरु गाडी रोक्दै तस्वीर कैद गर्नमा ब्यस्त देखिन्छन् भने कोहीले रुख चढेर लालीगुराँस कोसेली लैजाने गर्छन् । त्रिभुवन राजपथ आसपासमा राम्ररी लालीगराँस फुल्ने गरेको रपारखीहरुलाई लोभ्यउनका लागि भएपनि लालीगुराँस संरक्षणमा लाग्नु पर्ने दामनका होटल ब्यवसायीहरु बताउछन् । केटाकेटीले हांगा भाँच्दा र स्थनीयले इन्धनको स्रोतका रुपमा गुराँसका रुख बाल्दा गुराँस संकटमा पर्दै आएको छ । युवा सक्रियतामा त्यसो नगर्न आग्रह र २४ सै घण्टा गुराँसको निगरानी जारी राखिए पनि गुराँसको वन नासिने क्रम राकिएको छैन ।

गुराँस पाइने मकवानपुरको सबैभन्दा ठुलो करुणाभूमी र ऋषेश्वर बनमा डिपिआर तयार गरी गुराँस संरक्षणको पहल थालिने बागमती प्रदेशको पर्यटक मन्त्रालयका अधिकृत नवराज पुडासैनीले बताए । उहाँका अनुसार, यसवर्ष दामनमा गुराँस बगैचा निर्माण गरिनेछ भने करुणाभूमी र ऋषेश्वर बनमा विशेष योजना लागू गरिनेछ । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०