Friday, 17th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

बागमती प्रदेशसभाको बैठक स्थगित

Sadan-1-1612147102.jpg

१९ माघमा बस्ने तय भएको वाग्मती प्रदेशसभाको बैठक स्थगित भएको छ । बैठक  दिउँसो २ बजेका लागि तय भएको थियो ।

प्रदेशसभा सचिवालयले भने विशेष कारण देखाउँदै बैठक स्थगित गरेको छ । बैठक अब आगामी फागुन २ गते बस्ने प्रदेशसभा सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

यसअघि माघ ९ गते बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि सामान्य छलफल भई स्थगित भएको थियो ।

आगामी बैठकमा मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने बताइएको छ ।

वाग्मती प्रदेशसभामा नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदूर किसान पार्टीका दुई र स्वतन्त्र एक गरी ११० सदस्य छन् ।

 

 

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०