Tuesday, 20th October, 2020
वि.स.

बागमती प्रदेशको दुग्ध बोर्डको उपाध्यक्षमा सापकोटा नियुक्त

Milk-1602634994.JPG

बागमती प्रदेशको दुग्ध बिकास बोर्डको उपाध्यक्षमा टीका बल्भब सापकोटा नियुक्त भएका छन् । मंगलबार बसको मन्त्रिपरिषदको बैठकले आगामी ४ बर्षका लागि काभ्रेका सापकोटालाई उपाध्यक्षमा नियुक्त गरेको हो ।

बैठकले प्रदेश सुशासन नियमावली २०७७ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।

यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत र भैसे भीमफेदी सडक आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा निर्धारण गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता मन्त्री ढुंगेलले जानकारी दिए ।