nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 9th May, 2024
वि.स.
1000043965-1707579226.jpg

बकैया गाउँपालिका स्तरीय शैक्षिक समन्वय समितीको अध्यक्ष चौलागाईं

बकैया गाउँपालिका स्तरीय शैक्षिक समन्वय समितिको अध्यक्षमा नारायण प्रसाद चौलागाईं चयन भएका छन् । १४ मंसिरमा बकैया—७ को हात्तीखोला पार्कमा भएको भेलाले समितिको उपाध्यक्ष खुल्ला तर्फ चन्द्र प्रसाद देवकोटा, महिला तर्फ भवानी तिमल्सिना, सचिव हरिहर खनाल, सह—सचिव सुरज लामा लोप्चन, कोषाध्यक्ष हरिवंश चौधरी चयन गरेको हो । 

समितिको सदस्यहरु सुकदेव अधिकारी, छविलाल विक, सुरेन्द्र मोक्तान, गंगाराम चौधरी मुकुन्द वस्नेत, शारदा फुँयाल, धर्म प्रसाद दाहाल, अविरल मोक्तान, राजदेव महतो, बावुराज घलान र नारायण घले चयन भएको निर्वाचन समितिका प्रमुख विद्यालय निरिक्षक राम बहादुर घलानले बताए । निर्वाचन भए पश्चात चौलागाईले विद्यालयको समंग्र शिक्षाको गुणस्तर वृद्धि गराउनको लागि यस समिति लागि पर्ने बताउदै सबैको साथ सहयोगकोे अपेक्षा गरेको बताए ।