nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

फाखेलमा आगलागी पीडितलाई दोहोरी साँझको सहयोग

28534476_2018395311714298-1519705702.jpg

    मकवानपुरको इन्द्रसरोवर अनलाईन दोहोरी साँझले सोमबार इन्द्रसरोवर गाउँपालिका ५ फाखेल कोदोखोरियाका आगलागीका पीडित २ परिवारलाइ राहत सहयोग गरेको छ । इन्द्रसरोवरमा माघ ८ गते सरस्वती पुजाको दिनमा सरस्वती पुजा गर्ने क्रममा भएको आगोलागीबाट पीडित भएका एकै घरका २ परिवारलाइ दोहोरी साझको अगुवाइमा सकृय लोक गायक गायिकाहरुले रकम संकलन गरि शैक्षिक सामाग्री, खाद्यान्न सामाग्री र लत्ताकपडा सहयोग गरेको हो । सोमवार इन्द्रसरोवर गाउपालिका वडा न ५ को वडा कार्यालयमा आयोजना गरिएको कार्यक्रमको बिच वडा अध्यक्ष धनराज महर्जनको हातबाट उक्त राहत बितरण गरिएको हो ।

 “कला र गलाको सम्मान, आपत बिपतमा सहयोग गर्ने हाम्रो अभियान“ भन्ने मुल नाराको साथमा सकृय भएर लागिपरेको समितिले कोदोखोरियाका पीडित द्वोय बुद्ध बहादुर थिङ र सोमलाल थिङको परिवारलाई सहयोग सामाग्री बितरण गरिएको इन्द्रसरोवर अन्लाईन दोहोरी साझका प्रमुख सल्लाहकार तथा स्थानीय लोक गायक राजु लामाले जानकारी दिए । कार्यक्रम मार्फत पीडित परिवारका विद्यार्थीलाई शैक्षिक सामाग्रीका साथै विद्यालय पोसाक बितरण गरिएको छ भने पीडित अभिभावकद्वय सोमलाल थिङ र बुद्धबहादुर थिङलाई १÷१ बोरा चामल, २÷२ वटा कम्बल, ब्ल्याङ्केट, १÷१ वटा डसना र १÷१ पोलार तन्ना बितरण गरिएको छ । सहयोग सामग्री बितरण गर्दै वडाध्यक्ष धनराज महर्जनले इन्द्रसरोवर अनलाइन दोहोरी साँझले लोक दोहोरीको संरक्षण, सम्बद्र्धन मात्र नभइ समाजमा आपतमा परेकालाइ अतुलनीय सहयोग गरि सराहनीय काम गरेको भन्दै सहयोगी हातहरु र समितिप्रति खुशी ब्यक्त गरे ।
  

बिशुद्व लोकदोहोरीलाई संरक्षण र सम्बद्र्धन गर्ने उदेश्यले लागी परिरहेको दोहोरी साँझले हाल अनलाईन मार्फत दोहोरी कार्यक्रम संचालन गरिरहेको छ । १३ जनाको समिति रहेको इन्द्रसरोवर अनलाईन दोहोरी साँझका अध्यक्ष तथा लोक गायक मानदास लामा र गाउ तथा बिदेशमा रहेका सदस्यहरु सङ्खुवासभाका गायक भोला गुरुङ, पनौतिका गायिका प्रतिमा लामा, पुरन्डीका गायिका राधिका लामा, चखेलका गायक जिवन लामा, चखेलकै गायक मन रुम्बा,गायिका माया लामिछाने र गायक सोमलाल थोकरको आर्थिक सहयोगमा उक्त राहत सामग्री  बितरण गरिएको जनाएको छ ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।