nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रेस सङ्गठन मकवानपुरमा दाहाल संयोजक र अधिकारी सहसंयोजक

sangathan-1612884774.jpg

 प्रेस संगठन नेपाल, बागमती प्रदेश कमिटीको २७ माघमा बसेको बैठकले प्रदेश भित्रका १० जिल्लाका संयोजक र सह-संयोजकको जिम्मेवारी हेरफेर गरेको छ । सङ्गठनको बैठकको निर्णयले मकवानपुरको संयोजकमा धर्मेन्द्र दाहाल र सह- संयोजकमा पुष्पराज अधिकारीलाई चयन गरेको छ ।

त्यस्तै चितवनको जिल्ला संयोजकमा सुबास पण्डित र सह-संयोजकमा कृष्ण आचार्य, काभ्रेपलान्चोकको संयोजकमा भुवन रायमाझी र सह-संयोजकमा राम शुन्दर आचार्यलाई जिम्मेवारी दिईएको छ । सिन्धुपाल्चोकको संयोजकमा बिदुर आचार्य र सह- संयोजकमा नानीराम नेपाल लाई जिम्मेवारी प्रदान गरेको छ ।

दोलखाको संयोजकमा प्रभु जिरेल, सह-संयोजकमा ताराबहादुर महत चयन भएका छन भने रामेछापको संयोजकमा बिफा तामाङ घिसिङ र सह- संयोजकमा मेखबहादुर बिकलाई जिम्मेवारी प्रदान गरेको छ । सिन्धुलीको संयोजकमा बुद्ध अछामी, सह-संयोजकमा बिनय दाहाल वाईबी त्यस्तै रसुवाको संयोजकमा बलराम घिमिरे र सह संयोजकमा प्रेम पौडेललाई जिम्मेवारी दिईएको छ ।

सो बैठकले धादिङको संयोजकमा सरोज पौडेल र सह-संयोजकमा राजन सिल्वाल तथा नुवाकोटको संयोजकमा नवदिप अजनवी र सह-संयोजकमा रुपा अर्याललाई जिम्मेवारी दिईएको छ । काठमाडौंमा सम्पन्न प्रेस संगठन नेपाल, बागमती प्रदेश कमिटीको बैठकले १ हप्ता भित्र प्रदेश भित्रका जिल्ला कमिटीको सदस्यहरुको पनि पुर्णता दिई नामावली पठाउन निर्देशन दिएको छ ।

सो बैठकले आगामी फाल्गुनको दोस्रो हप्ता भित्र प्रेस संगठन नेपालको बागमती प्रदेश स्तरिय भेला गर्ने समेत निर्णय गरेको छ । साथै बैठकले सरकारले निशुल्क उपलब्ध गराउने कोरोनाको खोप सम्पुर्ण जिल्लामा सबै पत्रकारहरुलाई तुरुन्त लगाउनका लागि आबश्यक ब्यबस्था मिलाउन अनुरोध गर्ने समेत निर्णय गरेको छ ।