Saturday, 5th September, 2026
वि.स.

प्रहरीसँगैको मिलेमतोमा तस्करी

नेपाल र भारतको सीमा नाकामा पर्ने बाराको सबै जसो नाकाबाट प्रहरीसँगकै मिलोमतोमा तस्करी बढेको छ । सीमा नाकामा खटेका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसँगको मिलोमतोमा खुलेआम तस्करी भईरहेको हो । बाराको सीमा नाकामा पर्ने मुसहर्वा, छतवा, मटीअर्वा, बसतपुर, अमवा, देवापुर, कवहीगोठ, पिपरपाति, सिम्रौनगढ लगायतका नाकाहरुबाट तस्करी तिब्र रुपले बढेको छ ।

सीमा नाका र स्थानियको सुरक्षाको जिम्मा लिएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले पदलाई दुरुपयोग गर्दै तस्करीको लाइन दिएका हुन् । भर्खरै सरुवा भई आएका बोर्डर आउट पोष्टका सशस्त्र प्रहरी निरीक्षकहरुले कमाउनका लागि लाईन दिएको स्रोतले बताएको छ । बाराको अधिकांश नाकामा तस्करीको लाइन खुलेको र कतिपय नाकामा लाइन खोल्न कारोबारी र प्रहरीहरुबीच छलफल चलिरहेको एक अवैध कारोबारीहरुले नै बताएका छन् । मातहतका युनिटसँगै माथिल्लो तहका अधिकारीहरु पनि लाईन खोल्न संलग्न भएको प्रहरी स्रोतले जानकारी दिएको छ । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif