Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रदेश-३ मा पर्यटन विकास आयोजना स्थापना

IMG_201-1541497208.jpg

३ नम्बर प्रदेशको उद्योग,पर्यटन, वन, तथा वातावरण मन्त्रालयले पर्यटन विकास आयोजनाको कार्यलयको स्थापना गरेको छ । कार्यालयको उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्री अरुण नेपालले उद्घाटन गरेका छन् । 

कार्यालयको उद्घाटन गर्दै मन्त्री नेपालले पर्यटनबाट समृद्धिको आधार खोजेको बताए ।प्रदेश सरकारले पर्यटनको क्षेत्रमा लगानी गर्ने, प्रोत्साहन गर्नेलगायतका कार्यहरु गर्ने बताए । प्रदेशको सम्बृदिको आधार जलस्रोत, उद्योग, पर्यटनहरु रहेकोले त्यसलाई उजागार गर्ने उनले बताए ।

उनले नयाँ पर्यटन क्षेत्रको बिकास, लुकेका पर्यटन क्षेत्रको बिस्तार, मार्के्टिङ गर्न अभियान थालिने बताए । पर्यटन आकर्षणका लागि जुगल, गणेश हिमाल आरोहण खुाल गर्ने भन्दै मन्त्री नेपालले गौरीशंकर हिमालमा परीपथ निर्माण गरीने योजना रहेको जानकारी दिए ।

प्रदेश सरकारले तयार पारेका पर्यटनका योजनाहरुको अपेक्षा आयोजनाको कामवाट पुरा हुने बिश्वास व्यक्त गरे । मन्त्रालयका सचिब शिबकुमार वाग्लेको सभाध्यक्षतामा कार्यक्रम भएको हो । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)