nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रदेश ३ मा पर्यटन गुरुयोजनाः झिरघारीकाे मैत्री बगैँचा सहित १० ठाउँमा हिल स्टेशन

mantri-1538029803.jpg

असोज, मकवानपुर । तीन नम्बर प्रदेश सरकारले ‘घुम्न जाऔं दामन’ भन्ने नारासहित मकवानपुरको उत्तरी क्षेत्रलाई समेटेर पर्यटन गुरुयोजना बनाउने भएको छ । यही योजनाअन्तर्गत मकवानपुरको झिरघारीमा मैत्री बगैँचा निर्माणको शुभारम्भ गरिएको छ ।

३९ औं पर्यटन दिवसको अवसरमा बिहीबार मुख्यमन्त्री डोरमणि पौडेलसहित प्रदेश ३ का सात जना मन्त्रीहरुले वृक्षरोपण गरेको बगैँचा निर्माणको शुभारम्भ गरेका हुन् । ‘घुम्न जाऔं दामन’को बोर्डसँगै झण्डत्तोलन पनि गरिएको छ ।

कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले भने, ‘विश्व पर्यटन दिवसको अवसरमा प्रदेशको पहिलो कार्यक्रम गरेका छौं । यसको खास महत्व छ । समग्र उत्तरी क्षेत्रलाई समेटेर पर्यटन गुरुयोजना बनाउँछौं ।’

पर्यटन विकासको गुरुयोजनाभित्र २० वर्षअघि स्थापना भएको मैत्री बगैँचा पनि पर्ने छ । बगैँचा व्यवस्थापनका लागि प्रदेश सरकारले २५ लाख र भिमफेँदी गाउँपालिकाले २० लाख रुपैयाँ लगानी गर्ने निर्णय भइसकेको छ ।

कार्यक्रममा उद्योग वन तथा वातावरण मन्त्री अरुण नेपालले प्रदेश सरकारले १० ठाउँलाई छनौट गरी पर्यटकीय गन्तव्य बनाउने जानकारी दिए ।

दामनको सिमभञ्ज्याङबाट चिल्लाङ्गको चन्द्रागिरिसम्म पर्टकीय क्षेत्रको रुपमा विकास गरिने छ । सरकारले १३ जिल्लालाई लक्षित गर्द‌ै १० हिल स्टेसन पनि बनाउने छ । प्रत्येक स्टेसनमा ३ करोड खर्च हुने अनुमान छ ।

मन्त्री नेपालले समृद्धिको पहिलो आधार पर्यटन भएकाले सरकार पर्यटनको विकासमा लागेको बताए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)