Wednesday, 26th August, 2026
वि.स.

प्रदेश ३ को राजधानी हेटौँडा नै हुने, विवेकशीलको फरक मत

तीन नंम्बर प्रदेशको राजधानी र नामाकरणका विषयमा संसद बैठकबाट छिट्टै टुङगो लगाउने निर्णय भएको छ । सभामुख सानुकुमार श्रेष्ठले १७ मंसिरमा आह्वान गर्नुभएको सर्वदलीय बैठकले आगामी पुस ८ गते बस्ने संसद बैठकबाट प्रदेश राजधानी र नामाकरणको टुङगो लगाउने निर्णय गरेको हो । सर्वदलीय बैठकमा सहभागी प्राय सबै दलका नेताहरु हेटौंडालाई स्थायी राजधानी बनाउन सहमत देखिएका छन् ।

बैठकको विषयमा जानकारी दिँदै राजधानी अध्ययन विशेष समितिका संयोजक तथा नेकपा सांसद दिपक निरौलाले बैठकमा प्रदेशको राजधानीलाई छिटो टुङ्ग्याउनुपर्ने र आगामी प्रदेश सभा कहिले बोलाउने भन्ने बिषयमा छलफल भएको बताउनुभयो । बैठकमा विवेकशील साझा बाहेक अन्य सबै दलका नेताहरुले प्रदेशको अस्थायी राजधानी हेटौंडालाई नै स्थायी बनाउनु उपयुक्त हुने धारणा राखेका थिए । प्रदेश सभामा नेकपा, नेपाली काँग्रेस, विवेकशील साझा, नेमकिपा, राप्रपा र राप्रपा प्रजातान्त्रिक दलको प्रतिनिधित्व रहेको छ । विवेकशील साझाका उपनेता शोभा शाक्यले मात्र काभ्रेलाई स्थायी राजधानी बनाउन प्रस्ताव गर्नुभएको बैठकमा सहभागी नेकपा सांसद निरौलाले बताउनुभयो ।

सर्बदलिय बैठकमा सहभागीको तर्फबाट बोल्दै नेकपाका संसदयि दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेल, प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँ, राप्रपाकी सांसद रिता माझि लगायतकाले प्रदेश राजधानी हेटौंडामानै स्थायी बनाउनुपर्ने धारणा बैठकमा ब्यक्त गरेका छन् । ३ जना सांसद रहेको बिबेकशील साझा बाहेक अन्य संसदीय दलका नेताहरुले प्रदेशको राजधानी हेटौंडामा स्थायी गर्ने धारणा ब्यक्त गरेसंगै अब भने तीन नंम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडा स्थायी हुने सम्भावना बलियो बन्दै गएको छ ।

आगामी बस्ने बैठकको समयसम्म दुई तिहाई लागि सहमतिको प्रयास जारी राख्ने तर सहमति नभए चुनावी प्रक्रियाबाट राजधानीको विषय टुंगो लगाउने अनौपचारिक सहमति भएको समेत सांसद निरौलाले जानकारी दिनुभयो । यदि सहमती नभए समितिले सिफारिस गरेको ५ वटा जिल्लाबीचमा मतदान हुने उहाँको भनाई छ । भोटिङमा जुन जिल्लाले दुईतिहाई मत प्राप्त गर्छ सोही जिल्ला प्रदेशको स्थायी राजधानी कायम हुने सहमती भएको छ ।

यस्तै प्रदेशको आगामी बैठक पुष ८ गते बस्ने सहमती समेत भएको छ । मंसिरको तेस्रो र चौथो सातामा नेपाली काँग्रेसको महासमिति बैठक र राप्रपा प्रजातान्त्रिकको प्रादेशीक भेलाहरु हुने भएकोले यो समयमा प्रदेशसभाको बैठक नबोलाउन काँग्रस संसदीय दलका नेता ईन्द्रबानिँया र राप्रपाकी रिता माझीले सभामुखलाई आग्रह गर्नुभएको थियो । प्रदेश सभाको बैठक पुषको पहिलो साता बोलाउन उपयुक्त हुने सुझाव आएपछि पुषको ८ गते सभा बोलाउने तयारी भएको बताईएको छ ।

-पुष्पराज अधिकारी, हेटौँडा ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif