nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रदेश ३ को पर्यटन प्रवद्र्धन गर्न छानिए १० हिल–स्टेसन

Kunxalll-1538111927.jpg

प्रदेश ३ मा आन्तरिक एवं बाहय पर्यटक आकर्षित गर्न प्रदेशको उद्योग, पर्यटन र वन तथा वातावरण मन्त्रालयले १० वटा हिल–स्टेसनको छनोट गरेको छ ।

विश्व पर्यटन दिवसका अवसरमा बिहीबार मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिका १ ऐतिहासिक बस्ती एवं पर्यटकीय स्थल कुन्छालका बासिन्दाले मु्ख्यमन्त्री डोरमणि पौडेल लगायतलाई बाजागाजासहित आफ्नो गाउँको अवलोकन गराउँदै । 

विश्व पर्यटन दिवसका अवसरमा पर्यटन मन्त्रालयले मुडे, जिरी, शिवालय, खुर्कोट (सिन्धुलीगढी) चित्लाङ–कुलेखानी, ककनी, रुबी भ्याली, सोमदह लगायत १० उच्च स्थानलाई बिहीबार हिल–स्टेसन घोषणा गरेको छ ।

‘एउटा हिल–स्टेसनमा, एक भ्युटावर, एक होमस्टे, एक सामुदायिक लज, बगैँचा, मनोरञ्जन घर र कोसेली घर निर्माण गरिनेछ,’ उनले भने । छनोट भएका हिल–स्टेसनको पूर्वाधारहरू निर्माण गर्न ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशको पर्यटन मन्त्रालयले आन्तरिक एवं बाहय पर्यटकलाई आकर्षित गर्न स्थानीय तहसँग समन्वय गरेर पर्यटकीय क्षेत्रको विकास गर्ने पर्यटन मन्त्री नेपालले बताए । ‘ओझेलमा परेका पर्यटकीय क्षेत्रको विकास र प्रसारमा पनि जोड दिनेछांै,’ उनले भने ।

राजा पृथ्वीनारायण शाहले मकवानपुरको चन्द्रागिरिको डाँडामा उभिएर उपत्यका आक्रमण गर्ने सोच बनाएको स्थलमा २० मिटर उचाइको भ्यु टावर निर्माण गर्ने भएको छ । भ्यु टावर निर्माण गर्न यो वर्ष २ करोड रुपैयाँ विनियोजन गरेको छ । उक्त भ्यु टावरको मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार शिलान्यास गरे ।

कर्मचारीलाई घुमफिर खर्च प्रदेश सरकारले कर्मचारीलाई एक साताको बिदा दिएर एक महिना बराबरको तलब उपलब्ध गराउने भएको छ । प्रदेश ३ सरकारले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेश मातहतका कर्मचारीलाई एक महिनाको तलब उपलब्ध गराएर घुमफिर गर्न पठाउने भएको हो ।

आन्तरिक पर्यटन प्रवद्र्धन गर्न र ‘रिफ्रेस’ हुन प्रदेश सरकारले कर्मचारीलाई एक साताको बिदा दिएर एक महिना बराबरको तलब पनि उपलब्ध गराउने भएको हो । ‘आन्तरिक पर्यटन प्रवद्र्धन गर्न र प्रदेश मातहतका कर्मचारी प्रोत्साहित गर्ने उद्देश्यले उक्त नीति लिएको’ मुख्यमन्त्री डोरमणि पौडेलले भने । मातहतका कर्मचारीलाई आन्तरिक पर्यटन प्रवद्र्धन गर्न एक साताको बिदा र एक महिना बराबरको तलब उपलब्ध गराई प्रोत्साहित गर्ने उनले बताए ।

प्रदेश सरकारले असार १ गतेसम्म प्रदेश कार्यालयमा उपस्थित भएका कर्मचारीलाई यो सुविधा उपलब्ध गराउने जनाएको छ । पछि आएका कर्मचारीले चालू आवमा यो सुविधा नपाउने कार्यविधिमा उल्लेख छ । घुमफिर गर्न रकम लिएका कर्मचारीले सम्बन्धित प्रदेश राजधानी र आफ्नो ठेगानाभन्दा अन्यत्र पर्यटकीय स्थलमा घुम्न जानुपर्ने व्यवस्था गरेको छ ।

-कान्तिपुरबाट साभार