nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रदेश ३ काे बजेट ३५ अर्ब, ६१ करोड ५६ लाखः “घुम्न जाउँ दामन” वर्ष २०७५ घोषणा
त्रिभुवन राजपथलाई त्रिभुवन राजपथलाई “पर्यटन मार्ग” का रूपमा विकास गरिने

प्रदेश नंबर ३ सरकारले आज आर्थिक वर्ष २०७५/७६ को वार्षिक राजस्व तथा व्ययको अनुमान बजेट प्रस्तुत गरेको छ । प्रदेश नंबर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रस्तुत गरेको बजेट अनुसार प्रदेश नंबर ३ को बजेट ३५ अर्ब, ६१ करोड ५६ लाख रुपैँया रहेको छ । जस अन्र्तगत आन्तरिक राजश्वबाट ९ अर्ब ३३ करोड ३६ लाख ७३ हजार, संघीय समानुकरण अनुदानबाट ५ अर्ब ९६ करोड ९७ लाख रुपैँया, राजश्व वाँडफाँडबाट ८ अर्ब १९ करोड ६६ लाख २७ हजार, शसर्त अनुदानबाट १० अर्ब ६१ करोड ५६ लाख र नगद मौज्दात ७० लाख रुपैँया रहेको छ ।

हेटौँडामा रहेको प्रदेशसभा भवनमा प्रदेश नंबर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बजेट प्रस्तुत गर्दै स्थानीय तहलाई प्रमुख प्राथमिकतामा पार्दै १ सय १९ स्थानीय तहलाई ५ अर्ब २८ करोड ८२ लाख बजेट विनियोजन गरिएको हो । आर्थिक मामिला मन्त्री ढुंगेलले प्रदेश नंबर ३ को आधारको रुपमा रहेको पुर्वाधार विकास, पर्यटन तथा कृषिलाई उच्च प्राथमिकतामा राखिएको छ । प्रदेशको राजश्व दायरालाई बृद्धि गर्ने बजेटका मुख्य उदेश्य समेत रहेको छ ।

बजेटमा पर्यटन प्रर्बद्धनको लागि “एक हिल स्टेसन एक वन बगैचा,एक हिल स्टेसन एक विश्राम तथा मनोरञ्जन घर” निर्माण, पर्यटनलाई प्राथमिकता दिँदै मकवानपुरको थाहा नगरपालिकामा रहेको दामनलाई आउँदो आर्थिक वर्षमा “घुम्न जाउँ दामन” वर्षको रुपमा समेत बजेटमा आवश्यक ब्यवस्था मिलाईएको छ ।

बजेटले प्रदेश नंबर ३ मा सार्वजनिक बस सेवा सञ्चालनको लागि जोड दिएको छ । बजेट प्रस्तुत गर्दै मन्त्री ढुंगेलले “मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम”लाई समेत प्राथमिकतामा पारेको छ ।

हेर्नुहोस् बजेटको पूर्णपाठः

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)