nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा ६ प्रहरी निलम्बन

pradesh-prahari-1597217791.jpg

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले आर्थिक प्रलोभनमा पर्ने ६ प्रहरीलाई निलम्बन गरेको छ ।बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको विषेश प्रहरी टोलीले सेवाग्राहीसँग रकम लिंदै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिई हाललाई निलम्बन गरेको हो ।

निलम्बन हुने प्रहरीहरुमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका कार्यरत ५ जना र जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत १ जना गरी ६ जना रहेका छन् ।निलम्बन पर्नेमा २ जना प्रहरी हवल्दार र चार जना प्रहरी जवान रहेका छन ।

जिल्ला प्रहरी कार्यालय सिन्धुली र सो अन्तर्गतका कार्यालयमा कार्यरत प्रहरी हवल्दार राजकुमार श्रेष्ठ, प्रहरी हवल्दार डोरबहादुर कार्की, प्रहरी जवानहरु कुमार बाबु सिंह, धिरेन्द्र साह, राम कुमार थापा र जिल्ला प्रहरी कार्यालय काभ्रे अन्तर्गतको ईप्रका मंगलटारमा कार्यरत प्रज नबिन बहादुर थापालाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरिक्षक सूचना समन्वय अधिकृत रोशन थापाले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)